|

काभ्रे :  उपन्यासकार हरि कटुवालको उपन्यास अधुरो सपनाको लोकार्पण गरिएको छ।

शनिबार काभ्रेको सदरमुकाम धुलिखेलमा साहित्यकार युवराज नयाँघरे र प्रमुख कार्यकारी अधिकृत वासुदेव भेटवालले संयुक्त रूपमा कटुवालको उपन्यास लोकार्पण गरेका हुन्।

मिडिया सोलुसन प्रा.लीको आयोजनामा भएको लोकार्पण कार्यक्रममा वरिष्ठ साहित्यकार मोहन दुवाल, राधेश्याम लेकाली, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष नारायण सापकोटा र पत्रकार ईश्वरीराजकुमार मैनाली लगायतले उपन्यासमाथि समिक्षा गरे। हाल पाँचखाल नगरपालिकाको कार्यालय काभ्रेमा कार्यरत आख्यानकार कटुवालको यो पहिलो कृति हो।

युवराज नयाँघरेले पहिलो उपन्यास भएपनि हरि कटुवालले उपन्यासमा उठाएको विषयवस्तु विशिष्ट, यथार्थपरक  भएको र पठनीय रहेको बताए। ‘मैले बुझेको उपन्यासके उठान जहाज जस्तो हुनपर्छ, जुन यसमा पाएको छु।’ नयाँघरेले थपे ‘उपन्यासको लेखनमा उठान्, बहाव र बैठान तीन वटा नै पक्ष यसमा पाएँ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.