|

जाजारकोट : मानव अंङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरमा उपचारका लागि भर्ना भएका जाजरकोटका १३ वर्षीय सागर रोकाया आर्थिक समस्याका कारण मृगौला प्रत्यारोपण गर्नबाट बन्चित छन्। 

परिवारसँग भएको ३ लाख ५० हजार रुपैयाँ औषधिमा खर्च भैसकेको बाबु प्रताप रोकायाले बताए। उनले सहयोगका लागि आग्रह गरेका छन्।
जाजरकोटको भेरीमालिका नगरपालिका १३ घर भएका सागर रोकायाको दुबै मृगौला फेल छ। १३ वर्षका रोकाया दिव्य विद्या सदन कोहपुरमा कक्षा ८ मा पढ्ने विद्यार्थी हुन्।  

काठमाडौंको सरकारी अस्पताल गंगालाल हृदय रोग निवारण केन्द्र र कान्ति बाल अस्पतालमा पनि छोराको उपचारका लागि गएको बुवा प्रताप रोकायाले बताए ।‘दुवै मृगौला फेल भएका छोरालाई लिएर काठमाडौं गएँ,’उनले भने,‘नेपालका सरकारी अस्पतालहरुमा ठूलावडालाई मात्र सेवा दिने गरेकोले गरिब बिरामीहरु अस्पलात परिसरबाट फर्किनु पर्ने अवस्था रहेछ।’

कान्ति र गंगालालपछि उनी पाटक अस्पताल पुगे। पाटन अस्पतालले १० दिन उपचार गरेपछि सागरलाई अन्यत्रै सार्न रिफर ग¥यो। त्यसपछि उनले २० दिन आइसियूमा राखेर किस्ट अस्पतालमा छोरा सागरको उपचार गराए। १५ पटक छोरा सागरको डाइलसिस भयो। १ पटकमा डाइलसिस गरेको १५ हजारदेखि २० हजारसम्म तिर्नुपरेको बाबु प्रतापले बताए। 

बाबु प्रतापका अनुसार बिरामीलाई चाहिने ब्लड र औषधिको एक हजार देखि १५ सयसम्म खर्च भैरहेको छ। अहिलेसम्म छोराको औषधि उपचारका लागि जम्मा गरिएको तिन लाख पचास हजार रुपैया सकिएको रोकायाले बताए। अहिले डाक्टरको सल्लाह अनुसार हप्तामा २ पटक डाइलसिस हुने गरेको छ। दुबै मृगौला खराब भएका सागर रोकायको मृगौला प्रत्यारोपण गर्न नौ देखि दश लाख रुपैयाँसम्म लाग्न चिकित्सकले बताएका छन्। त्यसैले बाबु प्रताप रोकाय चिन्तामा छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.