विचार

आगामी दशक शाहसिक पर्यटनको
SHARES

जेठ १९, २०७६

    आजको युगमा खेलकुदलाई तीन किसिमले बुझ्न सकिन्छ। खेलकुद एउटा यस्तो विधा हो जसले सम्पूर्ण तह र तप्काका जनतालाई उत्तिकै आकर्षित गर्ने गर्दछ। त्यसैले भन्ने गरिन्छ, यो समाजभन्दा माथि, राष्ट्रभन्दा माथि छ अर्थात् सम्पूर्णरूपले मानवतासँग गाँसिएको छ। आजको समयमा खेलकुदको परिभाषासमेत फेरिँदो छ जसलाई मात्र हामी खेलकुद भन्दै आयौँ, त्यो बुझाइमा प्रश्न उठेको छ।

     तैपनि हामी हाम्रो मूर्खतालाई स्वीकार गर्न तयार छैनौँ। हिजोको खेल भन्नाले आफ्नो बहादुरी देखाउने, पदक प्राप्त गर्ने, स्वस्थ बन्ने, समाजमा र राष्ट्रमा प्रभुत्व जमाउने तथा केही मनोरञ्‍जन गर्ने हिसाबले बुझ्दथियौं भने आज समाज तथा राष्ट्रलाई एकीकरण गर्ने, रोजगारी र लगानीको अवसर सिर्जना गर्ने, पर्यटन प्रवर्द्धन गर्ने, वातावरण संरक्षण र विकासको पूर्वाधारसमेत तयार गर्ने मूलविशेषताहरू थपिएका छन्। र, त्यो नै संसारमा खेलको मुख्य परिचय हो भलै त्यसलाई स्वीकार गर्न हामी डराइरहेका छौँ। 

    व्यावसायिक संघ संगठनहरु आत्मरति र चाकरीमा मख्ख छन्, लाग्छ ती व्यावसायिक संस्था कम पार्टी अझ नेताका खल्तीका संस्था ज्यादा लाग्छन्। पर्यटनको पूर्वाधार के हो? टुल्स के हो? र प्रोडक्ट के हो भन्ने पत्तो नपाईकनै तिनले नेपालमा पर्यटन प्रवर्द्धनको ठेकेदारी चलाइरहेका छन्। नेपाल भ्रमण वर्ष २०२० को  नाममा त तिनले के के उपद्रो गर्ने हुन् जसको अहिलेदेखि नै भुइँमा खुट्टा छैन।         

    त्यस्तै, हालत छ पर्यटनको पनि। १० लाख पर्यटक भित्र्याउन पनि महाभारत छ। किनकि हामी प्रोडक्ट बेच्दैनौँ,  गफ बेच्छौँ। हामी नेपाल एयरलाइन्स नचलेर पर्यटक भित्रेन भन्छौं, एयरपोर्टदेखि हिमालसम्मै एजेन्टहरूको सिन्डिकेट चलाउछौँ। पर्यटन बोर्ड कि ठूला हाकिम र साहुजीको खातिरदारीमा दंग छ कि  मेला महोत्सवमा। त्यसबाट हुने के हो हामीले भोगिरहेकै छौँ। व्यावसायिक संघ संगठनहरु आत्मरति र चाकरीमा मख्ख छन्, लाग्छ ती व्यावसायिक संस्था कम पार्टी अझ नेताका खल्तीका संस्था ज्यादा लाग्छन्।

    पर्यटनको पूर्वाधार के हो? टुल्स के हो? र प्रोडक्ट के हो भन्ने पत्तो नपाईकनै तिनले नेपालमा पर्यटन प्रवर्द्धनको ठेकेदारी चलाइरहेका छन्। नेपाल भ्रमण वर्ष २०२० को  नाममा त तिनले के के उपद्रो गर्ने हुन् जसको अहिलेदेखि नै भुइँमा खुट्टा छैन।         

    आज संसारका कतिपय देशको पर्यटनको मात्र नभई अर्थतन्त्रको मेरुदण्ड हो खेलकुद। कतिपय देशको सबैभन्दा ठूलो उद्यम र रोजगारीको आधार पनि हो खेलकुद। तर, घाम ज्योतिको यथार्थलाई चट्टकै बिर्सेर लगानी गर्नुपर्ने र ध्यान दिनुपर्ने ठाउँमा नदिने, अस्थाई, बिकाउ, फजुल तर्क, योजनामा लगानी गर्ने र सदैव शून्य प्रतिफल हात पर्ने र सबैलाई गुमराहमा राखने केही ठालुहरूको पेस बनेको छ नेपाली खेलकुद र पर्यटन उद्योग पनि। किन पनि भने नेपाल जस्तो देशमा पर्यटन र खेलकुद एक रथका दुई पांग्रा हुन् तर पर्यटकीय खेलकुदमा सरकारी लगानी र शाहसिक  पर्यटनमा पर्यटकीय निकायको लगानी र सहकार्य हेर्दा भन्नैपर्ने हुन्छ बिनासकाले विपरीत बुद्धि। 

    आज खेलकुदको यथार्थता र सम्भाव्यता बुझ्नै नचाहने तथा दिगो पर्यटनको लागि सिन्कोसमेत नाभाँची मेला, महोत्सव र विदेश टुरमा मात्र मरिहत्ते गर्ने बिचौलियाहरुको चंगुलमा छ यो दुवै क्षेत्र। त्यसबाट मुक्त नभएसम्म न नेपाली खेलकुदले कुनै परिणाम देखाउन सक्छ न नेपाली पर्यटन क्षेत्रले सम्वृद्ध नेपालको लागि केही योगदान दिनसक्छ।

    नेपाली खेलकुदलाई पृथक् ढंगले केलाउने जमर्को गरिएको छ :           

    १. आधारभूत खेलकुद : जुन नागरिकको नैसर्गिक अधिकार हो र राज्यको दायित्व पनि। जसबाट नागरिकको स्वस्थ तथा निरोगीको अधिकार, प्रतिस्पर्धी क्षमता र बुद्धिको समेत विकास भई राष्ट्र निर्माणमा दक्ष नागरिकको साथ, समर्थन र सहभागिता रहन सक्छ।

    त्यस्ता आधारभूत खेलहरू आजको अवस्थामा सञ्‍चालन/व्यवस्थापन गर्ने कार्य स्थानीय सरकार (नपा, गपा र वडाहरु), स्थानीय क्लब र जिल्ला संघहरू,  विद्यालय/कलेजहरू कर्पोरेट क्षेत्र र निकायहरूले गर्दा उचित हुन्छ। त्यस्तै, हाल बनिरहेको नगर खेलकुद विकास समिति र गाउँपालिका खेलकुद विकास समितिले नै समन्वय गर्न सक्छन्।

    जसका लागि राज्यले नै अर्थात् राज्यका कुनै पनि निकायले त्यसको सबै व्यवस्थापन र समन्वय गर्नुपर्दछ। किनकि त्यो नागरिकको अधिकारको विषय हो। विद्यालय, कलेज, क्लबहरू परिचालन गरी वित्तीय व्यवस्थापन गर्न सकिन्छ। राज्यको पहिलो ध्यान त्यसतर्फ हुनुपर्छ।  आज हाम्रा बीचमा अर्थात् राष्ट्रिय खेलकुद परिषदमा आबद्ध भएर क्रियाशील सबै खेलहरू त्यसका लागि उचित नहुन सक्छन्। 

    कराते, टेक्वानदो, एथलेटिक्सका केही विधा, फुटबल र भलिबल केही स्थानमा, उसु, कुस्ती, तराईमा क्रिकेट (आंशिक मात्र) तथा बास्केटबल लगायतलाई सहरमा आधारभूत खेलकुद मान्न सकिन्छ, हाम्रो अवस्थाअनुसार।

    त्यसो हो भने, के हाम्रा स्थानीय निकाय र खेलाडीले एकैपटक धेरै खेलमा संलग्न भएर, स्थानीय क्षेत्रमा दर्जनौं खेलकुदको पूर्वाधार र प्रतियोगिता व्यवस्थापन सक्छ त? अहँ। तसर्थ, अब आफूलाई फरक ढंगले नलाने हो भने न खेल संघ न खेल प्रतियोगिता नै टिकाउ हुनसक्छ। 

    संसारका कतिपय देशहरूमा Competitive sports का छुट्टै निकाय बनेका छन्। हाम्रो देश नेपालमा पनि राष्ट्रिय खेलकुद परिषद् त्यहि Competitive sports का लागि बनेको संस्था हो।  तसर्थ, त्यसबाट अन्य २ वटा खेल क्षेत्रले आशा गर्नु भनेको बेकारको कुरा हो। जुन निकायले जे गर्नुपर्ने हो त्यो गरिरहेकै छ, सकेजति सक्रिय रहेकै छ। अब हामीले पो सोच्नुपर्ने र गर्नुपर्ने पनि के हो भने Fundamental Sports / Sustainable sports को लागि अन्य विकल्पहरू के के छन्, त्यतातर्फ ध्यान पो दिने हो त। 

    २. प्रतिस्पर्धात्मक खेलः

    संसारमा देश चिनाउन, मित्रता बढाउन, राष्ट्रिय गौरव बढाउन, खेलाडी प्रशिक्षकको प्रतिस्पर्धात्मक क्षमता बढाउन, युवावर्गलाई सही ट्रयाकमा हिँडाउन, सहकार्य, सदभाव, एकताको विकास गर्न, सामाजिक सद्भाव, व्यक्तित्व विकास गर्न, सामाज र राष्ट्रका लागि रोल मोडल बनाउन सकारात्मक कार्यमा लाखौँ जनशक्ति परिचालन गर्न, शाहस, सृजनशीलता र मनोरञ्‍जनको संयोजन गर्नेलगायत कार्य छन् त्यस्ता प्रतिस्पर्धात्मक खेलका।  आजसम्म  हामीले गरेको भनौँ या गर्न खोजेको त्यही हो। 

    पूरा भए पनि नभए पनि, मिले पनि नमिले पनि। ठिक भए पनि नभए पनि। त्यसैका लागि हो राखेप र ओलम्पिक कमिटी जस्ता 'सेता हात्तीहरू'। केही प्रतिफल नआए पनि, गर्नैपर्छ एउटा राष्ट्रले, पाल्नैपर्छ परिणाम आए पनि नआए पनि। 

    जसमा ओलम्पिक मुभमेन्टसँग जोडिएका अधिकांश खेललाई मान्न सकिन्छ, सही भए पनि नभए पनि।  किन त्यसो भनेको हो भने ती कतिपय खेलमा हाम्रो गोरु बेचेको साइनोसम्म छैन तर त्यसैमा हामी लागिरहेका छौँ, लगानी गरिरहेका छौं प्रतिफलको आश नै बेकारको कुरा। सहभागिता नै कोसौँ दूर। 

    त्यस्तै, राष्ट्रिय प्रतियोगिताहरू, प्रादेशिक प्रतियोगिताहरू, क्षेत्रीय र अन्तर्राष्ट्रिय प्रतिस्पर्धाहरू त्यसमा पर्दछन्। ती कार्यका लागि राखेप, नेपाल ओलम्पिक कमिटी तथा प्रादेशिक सरकार, संघीय सरकारले राष्ट्रिय संघहरु, अन्तर्राष्ट्रिय महासंघलगायतसँग सहकारी गर्न सक्छ। 

    संघहरूको स्तरोन्नति र विकास, पूर्वाधारको व्यवस्थापन, आवश्यक नीति ऐन र योजना समन्वय, बजेटिङ र सहकार्य जस्ता कार्य ती निकायले गरे काफी हुन्छ।

    आज जस्तो विद्यालय तहको गेममा राखेप र मन्त्रालय लाग्ने, अन्तर्राष्ट्रिय गेम क्लबले गर्नुपर्ने जस्तो रमिताले टाइम पास मात्र हो, कहीँ पुगिँदैन। ...भन्दा देखाउनेलाई लाज भनेको यसैलाई होला सायद। 

    ३. शाहसिक खेलः

    एक दर्जन जतिलाई आधारभूत खेल मान्ने हो भने बढीमा २ दर्जन प्रतिस्‍पर्धी खेल होलान्। अब रह्यो अर्को मुख्य खेल जसमा डेढ दर्जनभन्दा ज्यादा खेल नहोला, थप चर्चा त्यसमा।

    आधुनिक विश्वमा जबर्जस्तरूपमा स्थापित भएको, नेपालको भूगोल, हावा पानी र शारीरिक बनावटसमेत सुहाउँदो तथा समग्र विकास र रोजगारी अनि आर्थिक समृद्धिमै प्रत्यक्ष प्रभाव पार्ने खेल हो sustainable sports जसलाई नेपाली हिसावमा हामि शाहसिक स्पोर्ट्स, प्राकृतिक, सांस्कृतिक र पर्यटकीय स्पोर्ट्स अझ Mountain sports समेत भनेर बुझ्न सक्छौँ।  ती स्पोर्टस आधारभूत र प्रतिस्पर्धी स्पोर्टसकै  परिमार्जित, केही मिश्रित तथा केही नयाँ तर व्यावहारिक र यथार्थवादी स्पोर्टस हुन्।  हाम्रा मालिकहरूले बुझे पनि नबुझे पनि त्यो नै नेपाली खेलकुदको भविष्य पनि हो। 

    सस्टेनेबल स्पोर्टसको भूमिका

    पर्यटन प्रवर्द्धन गर्न, स्तरीय पर्यटकीय प्रोडक्ट बन्न, नेपाली खेल र खेलाडीलाई विश्वमा चिनाउन, उद्यमशीलताको विकास गर्न, रोजगारी सृजना गर्न, स्वरोजगार वृद्धि गर्न, सामाजिक सद्भाव र एकता वृद्धि गर्न, समानुपातिक विकासको आधार तयार पार्न, प्राकृतिक वातावरण जोगाउन, नेपाली ब्राण्डलाई विश्वव्‍यापी बनाउन, अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा विजयी बन्न, दक्ष जनशक्तिलाई विश्वव्‍यापी बनाउन पर्यटकको बसाई अवधि लम्ब्याउन, पदक, प्रतिष्ठा र राष्ट्रिय गौरव बढाउनसमेत शाहसिक पर्यटकीय, पर्वतीय तथा समग्रमा सस्टेनेबल स्पोर्टसले भूमिका निर्वाह गर्न सक्छ। त्यसतर्फ हामी किन नजाने?

    विश्वको सर्वाधिक ठूलो उद्यम हो खेलकुद, विश्वकै प्रमुख पर्यटकीय प्रोडक्ट हो खेलकुद, विश्वकै मुख्य आकर्षण हो शाहसिक इभेन्टहरू जसलाई शाहसिक खेलकुद, शाहसिक पर्यटन भन्न सक्छौँ। जसमा अपार सम्भावना र अवस्था हुँदाहुँदै पनि हामी गएनौँ हिजोसम्म। तर, अब त्यो नै हाम्रो प्रमुख र एक मात्र विकल्प हो। नेपालमा शाहसिक खेलकुदको जति सम्भावना छ त्यति नै सम्भावना छ शाहसिक पर्यटनको।  

    हामीसँग नेपालमा सयौँ प्राकृतिक रंगशाला छन् तिनलाई चिन्दैनौँ अनि एउटा रंगशाला नबनेकोमा रोइकराइ गर्छौं। त्यो बन्न नसक्ने नै हो। बने पनि चल्न भने नसक्ने नै हो। किनकि हाम्रो धरातलीय यथार्थता नै शाहसिक तथा पर्यटकीय खेल हो, सबैलाई चेतना भया। 

    सामान्यत क्लाइम्बिङ, मोटरस्पोर्टस, साइक्लिङ, गल्फ, आर्चरी, मोटरसाइक्लिङ, बन्जी, क्यान्योनिङ, र्‍याफ्टिङ, प्याराग्लाइडिङ, अल्ट्रारनिङ, स्काई डाइभिङ, कायकिङ, स्की, स्केटिङ, हर्स राइडिङ, वाटर स्पोर्टस जस्ता लगभग डेढदर्जन खेललाई हामी सस्टेनेबल स्पोर्टस भन्न सक्छौँ। 

    एक इभेन्ट Multi Effect, एकपटकको लगानी : वर्षौं वर्षको आम्दानी, राज्यले सहज वातावरण, नीति, कानुन मात्र दिए पुग्ने, निजी क्षेत्र र सामुदायिक क्षेत्रले लगानी गर्नसक्ने, प्रकृति, वातावरण, वन, नदी तथा चौरको प्रयोग, धेरै निर्माण गर्नु नपर्ने, संसारका कम मात्र देशमा भएका, आधुनिक पर्यटकले प्राथमिकता दिएका, शाहस र सृजनाको संगम हुन् ती खेल।

    हामीसँग नेपालमा सयौँ प्राकृतिक रंगशाला छन् तिनलाई चिन्दैनौँ अनि एउटा रंगशाला नबनेकोमा रोइकराइ गर्छौँ। त्यो बन्न नसक्ने नै हो। बने पनि चल्न भने नसक्ने नै हो। किनकि हाम्रो धरातलीय यथार्थता नै शाहसिक तथा पर्यटकीय खेल हो, सबैलाई चेतना भया। 

    सात वर्षअघि मात्र हो नेपालमा सस्टेनेबल स्पोर्टसका लागि संगठित र एकीकृत प्रयासको थलानी भएको, पर्वतीय खेलकुद महासंघको नाममा। हो, आज फेडरेसनले सन्तोषजनक कार्य गर्न नसकेता पनि शाहसिक, पर्वतीय, संस्कृतिक र पर्यटकीय स्पोर्टस नै हाम्रो मुख्य खेलकुद रहेछ भनेर आत्मसाथ गराउन सफल भएको छ।

    अन्तमा,

    नेपाललाई धरान, काठमाडौँ, चितवन, पोखरा र कर्णाली केन्द्र बनाई महासंघले आफ्नो कार्य आरम्भ गरेको छ। तराईमा पनि शाहसिक खेलकुदहरु हुन्सक्छ भन्ने प्रमाणित गरेको छ जसमा हात्ती खेल, घोडा दौड, र्‍याफ्टिङबीच गेमहरु, वाटर स्पोर्टस, साक्लिङ र मोटरिङ जस्ता लोकप्रिय हुन् सक्छन्। त्यस्तै, क्रस कन्ट्री रनिङ, साइक्लिङ, स्की, आर्चरी, क्लाइम्बिङ, प्याराग्लाइडिङलगायत खेल पहाडमा र हिमालमा समेत लोकप्रिय हुन् सक्छन्। 

    हुनत यी खेल नेपाललाई नै 'टुरिजमको डेस्टिनेसन' मानेर खेल्न सकिन्छ जसबाट नाम, दाम, काम र मामको ग्यारेन्टी गर्न सकिन्छ। त्यसले समृद्ध नेपाल निर्माणमा सहयोग पुग्छ होइन र? स्थानीय मेला महोत्सवलाई प्रोडक्ट तथा ट्राभल एजेन्सी र होटललाई नै पर्यटन उद्यम मान्ने 'अल्पज्ञान' या 'बेइमानीहरू' लाई भने ठूलो धक्का लाग्नसक्छ।

गोविन्द भट्टराई

सडक सुरक्षा अभियन्ता भट्टराई नेपाली साहित्यका विशेषगरी कविता र व्यङ्ग्यमा कलम चलाउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]