|

चितवन : प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्डले संघियता खारेज गर्ने प्रयत्नमा ठुला दलका ठुलै नेता लागि परेको बताएका छन्। 

चितवनमा नेपाल आदिवासी जनजाति महासंघको नवौं राष्ट्रिय महाधिवेशनको उद्घाटनपछि प्रधानमन्त्री दाहालले गणतन्त्र विरुद्ध ठुलै षड्यन्त्र सुुरु भएको बताए। 
‘संघियता खारेज गर्ने प्रयत्नमा ठुलै ठुलै पार्टीका, ठुलै ठुलै नेताहरुले खुलेआम भन्‍न थालेका छन्, प्रधानमन्त्री दाहालले भने, आजपनि मिडियामा तपाईले हेर्नुभयो भने कता कता, यो संविधानै खारेज गरे त खेलै खतम भन्‍ने प्रचार सुरु भएको छ। संघियता खारेज भनेको गणतन्त्र पनि खारेज गर्ने भनिएको हो,’ प्रधानमन्त्रीले भने,‘गणतन्त्रको विरोध धर्म निरपेक्षताको विरोध हो।’ 

संविधानले आदिवासी जनजाती,, मधेसी, थारु लगायत जातजातिहरुलाई ठिक ढंगले सम्बोधन गर्न नसकेकाले संसोधन गरेर साझा बनाउन लागेको उनले बताए। उनले गरिब, मजदुर, किसान, पिडितहरुको योगदानकै कारण आफु २ पटक प्रधानमन्त्री बनेको बताए। प्रधानमन्त्री दाहालले यो ऋण तिर्ने जिम्मेवारी आफ्नो काँधमा आएको बताए।

कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले काँग्रेस पञ्चायतकाल देखि नै जातीय सद्भाव र उत्थानमा सक्रिय भएको बताए। उनले गम्भिर अवस्थामा सबै दल निजी स्वर्थभन्दा माथि उठ्न जरुरी रहेको बताए।  

प्रधानमन्त्रीद्धारा प्रकृतिको पुजा 
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रकृतिको पुजा गरेर आदिवासी जनजातिको महाधिवेशन उद्घाटन गरे।

चितवनको भरतपुर स्थित विरेन्द्र क्याम्पस परिसरमा राखिएको जल, जमिन र जंगललाई पानी अर्चेर उनले प्रकृतिको पुजा गरी महाधिवेशनको उद्घाटन गरेका हुन्। उनले प्रकृतिलाई पानीको धारा चुहाउँदै एक फन्को मारे। बत्ती बालेर पुजा समेत गरे।

आजदेखि सुरु आदिवासी जनजाति महासंघको राष्ट्रिय महाधिवेशनमा २२ वटा विदेश शाखा, ७१ वटा जिल्ला समन्वय परिषद् र ६५ वटा महासंघमा आबद्ध जातिय संस्थाबाट ४ सय २२ जना प्रतिनिधि तथा पर्यवेक्षक सहभागी छन्।

४ गतेसम्म चल्ने महाधिवेशन नयाँ नेतृत्व नेतृत्व चयनसँगै चितवन घोषणापत्र जारी गरेर सकिने जिल्ला नेता पदम गुरुङले जानकारी दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.