|
photo : cmprachanda.com

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा बालुवाटारमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र मधेसी मोर्चाबीच छलफल भएको छ।

छलफलमा प्रधानमन्त्रीसँग मधेसी मोर्चाका नेताहरुले सरकारले संविधन संशोधन विधेयक फिर्ता गर्नसक्ने आशंका व्यक्त गरेका थिए। प्रतिउत्तरमा प्रधानमन्त्री दाहाल तथा कांग्रेस सभापति शेरबहादुर देउवाले कुनै हालतमा संविधान संशोधन प्रस्ताव फिर्ता नहुने जवाफ दिए। बैठकमा प्रधानमन्त्रीले संविधान संशोधन प्रस्ताव थाती राख्‍ने आफ्नो कुनै योजना नभएको बताए। कांग्रेस सभापति देउवाले पनि संविधान संशोधन गरेर अघि बढ्ने बताए।

बैठकमा मधेसी मोर्चाका नेताहरुले सरकारले संविधान संशोधन प्रस्ताव थाती राखेर निर्वाचनमा जानसक्ने आशंका व्यक्त गरेका थिए।

बैठकले संसदमा निरन्तर अवरोध गर्नु जिम्मेवार प्रतिपक्षको काम नभएको ठहर गरेको छ। बैठकले अवरोध हटाउन एमालेसँग छलफल गर्ने निर्णय गरेको छ।

स्थानीय तह पुर्नसंरचना र संसदमा दर्ता भएको संशोधन प्रस्तावको परिमार्जनका विषयमा थप छलफल गरी सहमति जुटाउने समझदारी बैठकमा बनेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.