समाज

सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा आगलागी
SHARES

जेठ १९, २०७६

    सोलुखुम्बु : सगरमाथा राष्ट्रिय निकुन्जमा आगलागी भएको छ। आइतबार बिहान ११ बजेबाट लागेको आगो अझैँ पूर्णरूपमा नियन्त्रणमा आउन नसकेको इलाका प्रहरी कार्यालय नाम्चेका इन्चार्ज प्रहरी निरीक्षक देउप्रसाद लिम्बूले जानकारी दिए।

    प्रहरी निरीक्षक लिम्बूका अनुसार सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने क्याम्जुमा भन्दा २०० मिटर तलको जंगलमा लागाको आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ।आगलागीबाट मानवीय क्षति नभए पनि १ वर्ग किलोमिटर जंगल विनास भइसकेको छ। स्थानीय, नेपाली सेना, नेपाल प्रहरी र सगरमाथा राष्ट्रिय निकुञ्जसहितको टोलीले साझ ६ बजेतिर आंशिक रुपमा नियन्त्रणमा ल्याउन सफल भएको छ। आगो लाग्नुको कारण भने खुल्न सकेको छैनन।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]