|

दमक : झापाको दमकमा भएको चौथो ओविसिए अन्तर्राष्ट्रिय शरणार्थी च्यालेन्ज कपको उपाधि सिएफसी कतारले उचालेको छ।

रोयल क्लब अफ भारतलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले हराउँदै कतारले उपाधि हात पारेको हो। रोचक र प्रतिस्पर्धात्मक देखिएको खेलको निर्धारित समयभित्र दुबै टोलीले गोल गर्न सकेनन्।

टाइब्रेकरमा रोयलका जर्सी नम्बर ७ का बोई सिंहले गरेको प्रहार सिफसीका गोलरक्षकले रोकेका थिए । त्यस्तै जर्सी ९ का निलाम्बर शाहको प्रहार पोष्टबाट बाहिरिएपछि सिएफसी कतारले उपाधि आफ्नो पोल्टामा पार्‍यो। रोयलका हेमरोन म्यान अफ दि म्याच भए।  त्यस्तै कतारका किशोर गिरीले बेस्ट गोलकिपरको अवार्ड जिते। बेस्ट कोच कतारका मुन्‍ना सुब्बा भए। त्यस्तै बेस्ट मिड फिल्डर हेमन्त थापा मगर र बेस्ट स्टईकर कतारका  विशाल राई ‘ए’ भए। उनीहरुले सबै जनही ३\३ हजार नगद प्राप्त गरे।

राष्ट्रिय  मानव अधिकार दिवसको अवसर पारेर  मंसिर २५ गते देखि सुरु भएको  प्रतियोगितामा देश तथा विदेशमा समेत गरेर ८ टिम सहभागि थिए। प्रतियोगितामा प्रथम भएको सिएफसी कतारले ट्रफी,मेडल र प्रमाणपत्रसँगै नगद १ लाख २ हजार १६ रुपैयाँ पुरस्कार जितेको छ।   त्यस्तै दोस्रो भएको रोयलले ६२ हजार १६ नगदसहित प्रमाणपत्र, मेडल र उपविजेताको ट्रफी जित्यो।

यसकारण आज  समापन 

आयोजक फेन्स क्लब अफ विआरसी भूटानका अध्यक्ष युवराज राईले आफुहरुलाई शरणार्थी बनाउने भूटानलाई दबाब दिन तथा शरण दिने नेपाललाई धन्यवाद दिन प्रतियोगिताको आयोजना गरिएको बताए।

उनले भूटानको राष्ट्रिय दिवसको अवसर पारेर आज प्रतियोगिताको समापन गरिएको बताए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.