|

अर्घाखाँची : हावाहुरीका कारण अर्घाखाँचीमा दुई दर्जनभन्दा बढी घरमा क्षति पुगेको छ ।

आइतबार राति आएको हावाहुरीले जिल्लाका ६ वटै स्थानीय तहका दुई दर्जनभन्दा बढी घरमा क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ। हावाहुरीले छत्रदेव गाउँपालिकामा मात्र एक दर्जनभन्दा बढी घरको छानो उडाएको छ। 

सोमबार बिहानैदेखि क्षति पुगेको ठाउँमा प्रहरीको टोली खटिएको छ।  घटनाको पूरा विवरण आउन बाँकी रहेको छ। हावाहुरीले अधिकांश घरको छानो उडाएको जनाइएको छ। 

यस्तै, हावाहुरीले पोल ढलेकाले विद्युत सेवा अवरुद्ध भएको छ। टेलिफोन सेवा पनि अवरुद्ध भएकाले क्षतिबारे थप जानकारी दिन समस्या भैरहेको प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.