पशुपति क्षेत्रका अनाधिकृत फूलपसल हटाइँदै

|

काठमाडौं : पशुपति परिसरभित्र रहेका अनाधिकृत फूलपसल हटाइने भएको छ। पशुपति विकास कोषले अनाधिकृतरूपमा सञ्चालन भएका फूलपसलले पशुपति  क्षेत्रको सौन्दर्यलाई घटाएको भन्दै पसल हटाउन लागेको हो।

अनाधिकृतरूपमा सञ्चालनमा रहेका पशुपति क्षेत्रका पसललाई हटाउने पशुपति क्षेत्र विकासका सदस्य सचिव डा. प्रदीप ढकालले बताए। सहमतिबाहेकका सबै पसल हटाइने उनको भनाइ छ। उनले भने, 'परिषदले निर्णय गरेको आधारमा पसललाई व्यवस्थापन गर्छौं।'

सूचना जारी गरेर यसलाई पसललाई व्यवस्थापन गर्ने सचिव ढकालले बताए। गत हप्ता मात्र पसललाई व्यवस्थापन गर्नको लागि बैठक बसेको उनले जानकारी दिए। फूलपसललाई व्यवस्थापन गर्नका लागि प्रक्रिया अगाडि बढीसकेको उनले बताए। 'सम्झौता भएका पसल ६५ वटा मात्र हुन्,' उनले थपे, 'हाल पशुपति विकास क्षेत्रभित्र सयभन्दा बढी पसल छन्।

पशुपति क्षेत्रमा ६५ कोठाको भवन बनिसकेको छ। सम्झौता भएका फूलव्यापारीलाई त्यस भवनमा राखिने डा. ढकालले बताए। उनका अनुसार टेन्डर आह्‍वान गरेर कोठा वितरण गरिन्छ। उनले भने,'अनाधिकृतरूपमा बसेकालाई पहिले सूचना दिन्छौँ।' एक महिनाको समय दिने ढकालले जानकारी दिए।

तीनदेखि चार महिनाभित्रमा नयाँ भवनमा फूलपसललाई व्यवस्थापन गर्ने उनको दाबी छ। उनका अनुसार पशुपति क्षेत्र विकास कोषले हाल पसलबाट पैसा पनि लिएको छैन। पशुपति क्षेत्र विकासले तोकेको क्षेत्रभन्दा बाहिर पसल निर्माण भएकोले पैसा नलिएको ढकालले दाबी गर्छन्। 'कानुनी दायरामा ल्याएर मात्र पैसा लिनेछ। पशुपति क्षेत्र विकास कोषले व्यवस्थापन पसलको व्यवस्थापन गर्नको लागि नै नयाँ भवन बनाएको हो', उनले भने।

फूल व्यापारीका लागि बनाइए नयाँ भवन

जबरजस्ती पैसा दिन खोजेर क्षेत्र ओगट्न खोज्‍नेहरू बढ्दै गएको ढकालले बताए। उनले भने,'पैसा कसरी के आधारमा लिने, न सम्झौता छ।' देशभरिका मानिसलाई राख्न नसकिने उनको धारणा छ। पशुपति क्षेत्र भनेको आस्थाको धरोहर हो। पशुपति क्षेत्र विकासको काम भनको व्यवस्थापन गर्ने हो।

यसको काम राजनीति गर्ने नभएको उनले दाबी गरे। प्राविधिक स्वार्थको कारणले पनि यहाँबाट पसल हटाउन नसकिएको उनले गुनासो गरे। उनले भने, आश्वासन पाएर बसेका पनि छन, यो राजनीति गर्ने थलो होइन।'

पशुपति क्षेत्र विकास कोषको व्यवस्थापन कार्यक्रमअन्तर्गत रहेको छ। पसलका कारण पनि यस क्षेत्र अव्यवस्थित देखिएकोले पनि व्यवस्थापन गर्न खोजिरहेको ढकालले बताए। मन्दिर सबैको साझा हो।

भक्तजनलाई दुःख नदिई, संयम र सभ्य भएर फूल पसलको सञ्चालन गरिनुपर्ने उनको मान्यता रहेको छ। भक्तजनलाई दुःख नहोस् भनेर मूलबाटोदेखि भित्र पसल बनाएको ढकालले बताए। भक्तजनलाई हातमा तानेर बोलाएको, जर्बजस्ती गरेपछि यहाँका सुरक्षाकर्मी र पर्यटक प्रहरीले पसलहरूमा निगरानी बढाइरहेको जानकारी दिए।

व्‍यवस्थापनका नाममा कसैको रोजीरोटी खोसिनु हुँदैन : जनप्रतिनिधि 

व्यवस्थापनका नाममा पशुपति क्षेत्रमा व्यापार गर्दै आएका कोही कसैको रोजीरोटी खोसिन नहुने जनप्रतिनिधिहरूले बताउँदै आएका छन्। पशुपति क्षेत्र परिसरमा भएका फूल पसलेलाई  कसरी व्यवस्थापन गर्न समस्या रहेको वडा नम्बर ८ का वडाअध्यक्ष दिनेशकुमार डंगोलले बताए। 'पशुपति परिसरका फूल पसललाई व्यवस्थापन गर्ने काम पशुपति विकास क्षेत्रकै हो'  उनले थपे, 'व्‍यवस्थापनका नाममा कोही कसैको रोजीरोटी खोसिनु हुँदैन।' 

फूल व्यापारी भन्छन्- पैसा तिरेर पनि गरिखान नपाइने भो

कानुनअनुसार पैसा बुझाउँदा पनि गरिखान नपाइने भएको फूल व्यापारी हरि बस्नेतले गुनासो गरे। उनले भने, 'कानुनअनुसार पैसा बुझाएपछि हामीले पनि गरिखान पाउनुपर्छ।' पशुपति क्षेत्र विकास कोषलाई राम्रो बनाउनुपर्छ भन्‍नेमा कसैको दुईमत नभएको पनि उनले सुनाए। 

व्यापारकै नाममा भक्तजनलाई आफूहरू कोही कसैले हातैमा तानेर अपहेलना नगरेको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.