मनोरञ्जन

बीरेन्द्रले ल्याए ‘पिरिमको बाढी’, भिडियो
SHARES

जेठ २०, २०७६

    ताप्लेजुङ : गायक तथा इन्जिनियर बीरेन्द्र श्रेष्ठ र गायिका अञ्जु पन्तको आवाजमा सजिएको ‘पिरिमको बाढी’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। 

    ‘एटके एभ्रेष्ट मोसन पिक्चर’ युट्युब च्यानलबाट म्युजिक भिडियो सार्वजनिक गरिएको हो। संगीतकार दिपक शर्माको शब्द तथा संगीत रहेको गीतमा गायक श्रेष्ठलाई चर्चित गायिका पन्तले साथ दिएकी छन्। गीतमा नरेन्द्र वियोगीको संगीत संयोजन छ। सुमधुर गीतको भिडियो पनि दमदार बनेको छ। 

    भिडियोमा अभिनेता दिलिप रायमाझी र केकी अधिकारीको अभियन छ। प्रकाश धितालले निर्देशनमा बनेको म्युजिक भिडियोमा सन्तोष राजबाहकको कोरियोग्राफी छ। जलविद्युत क्षेत्रमा आफ्नो विशेष पहिचान बनाइसकेका इन्जिनियर श्रेष्ठ गीत संगीतमा पनि सक्रिय छन्। 

    श्रेष्ठले हालसम्म ३० वटा गीत तथा आधा दर्जन बढी म्युजिक भिडियो बजारमा ल्याइसकेका छन्। फुर्सदको समयमा गीत संगीतमानै बढी ध्यान दिन रुचाउने गायक श्रेष्ठले यस अघि टिका भण्डारीको संगीतमा ‘तिम्रो मनसँग आज’, दिपक शर्माको संगीतमा ‘घर हाम्रो लेकैमा’ लगायतका गीतलाई पूर्वका श्रोताले निकै रुचाएका छन्।

    भिडियो 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]