|

मुगु : मुगुको पूर्वी करान भेगको मुगुमकामारोगं गाउँपालिका रहेका बिद्यालय बन्द भएका छन्। विद्यार्थीहरु यार्सागुम्बा संकलन गर्न हिमाली पाटनमा गएपछि विद्यालय बन्द भएको हो। 

यार्सा संकलनका लागि जेठ १८ मा वन प्रवेशको अनुमति दिइएपछि गाउँपालिकाभित्र रहेका विद्यालयको कक्षा २ भन्दा माथिका विद्यार्थी यार्सा संकलन गर्न गएका छन्। गाउँपालिकामा रहेका १८ वटा विद्यालय बन्द भएका छन्। यस क्षेत्रका विद्यालयलय यार्सा संकलनको सिजनमा बर्सेनि बन्द रहने गर्दछ।

वर्षका लागि आवश्यक रकमको जोही गर्न र विद्यार्थीहरु कापीकलम खरिद गर्न चाहिने रकम जुटाउन एक महिना पढाई छोडेरै यार्सा संकलनमा जाने गर्दछन्। विद्यार्थी, अभिभावकहरु यार्सा संकलनमा जाने भएकाले विद्यालयहरु बन्द भएको मुगुमकामारोगं गाउँपालिका शिक्षा युवा खेलकुद शाखाका शिक्षा अधिकृत सुवास रावलले बताए। 

उनका अनुसार माथिल्लो क्षेत्रमा चिसोले हिउँदे बिदा हुने गरेको र तल्लो क्षेत्रमा बर्खे बिदा ४५ दिन हुने गरेको नियम छ। तर, लामो समयदेखि यार्सा संकलनको सिजनमा विद्यालय बन्द हुने प्रचलन रहेकाले विद्यालय बन्द रहेको शिक्षा अधिकृत रावललको भनाइ छ।

यता जिल्ला शिक्षा विकास समन्वय इकाइका प्रमुख सूर्यबहादुर खत्रीका कुनै विद्यालयले यार्साको समयमा विद्यालय व्यवस्थापनाको निर्णय गरी एक साता स्थानीय बिदा गर्ने गर्दछन्। कुनै विद्यालयमा सबै विद्यार्थी यार्सा संकलनमा गएकाले विद्यालय बन्द गर्नुको बिकल्प नरहेको बताए। 

जिल्लाका विद्यालयहरु बन्द भए पनि नेपाल राष्ट्रिय आवसीय विद्यालय भने सञ्चालनमा छ। यस वर्षदेखि सञ्चालन भएको यस विद्यालयमै बसेर विद्यार्थीहरु पढ्ने गर्दछन्। मुगुमकामारोगं गाउँपालिकामा १७ सामुदायिक, एक सस्थागत गरी १८ बिद्यालय छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.