|

इलाम : पूर्वी इलामको जिर्मले आसपासका किसानलाई जंगली जनावर बँदेलले हैरान बनाएको छ। रातको समयमा हुलका हुल बँदेलको समूहले किसानले लगाएको बालीनाली खनेर उखेली दिने इस्कुस, आलु र तरुल जस्ता बालीनाली खाएर नास पारिदिने गरेका छन्।

हुल बाँधेर आउने बँदेलको समुहले आफूले लगाएको इस्कुसको जरा समेत टकटकाएर खाएकोले तरकारी समेत किनेर खानुपर्ने अवस्था आएको जिर्मले ४ का किसान मनिका प्रधानले बताइन्। पछिल्लो समयमा बँदेलले अलैची बारीमा लगाएको मल खन्न थालेको कारण अलैचीको बोटनै उखेलीदिने गरेको छ भने किसानहरुले आलुला बँदेलबाट जोगाउन आलुबारीमा नै रातभर बिजुलीबत्ती बाल्नुपरेको जिर्मले ४ रम्भ्याङका किसान श्याम आचार्यले बताए।

पछिल्लो समयमा हरेक गाँउमा बदेलको समूह रहने भएकोले किसानहरु नियमित घास दाउराको लागि जंगल जान समेत त्रसित हुन थालेका छन्। प्रशासनले बिगत बर्षमा घरेलु बन्दुक नियन्त्रणमा लिएपछि अबैध चोरी शिकार गर्ने क्रम नियन्त्रण आएपछि किसानहरु जंगली जनावरबाट पीडित बन्न थालेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.