भन्छन्- 'सिस्टम चलेको छैन भोलि आउनुस्

|

नवलपरासी : मालपोत कार्यालय पश्चिम नवलपरासीमा समयमा काम नहुने गरेको सेवाग्राहीहरूले गुनासो गरेका छन्। विभिन्न काम लिएर मालपोत गएका सेवाग्राहीहरू घन्टौं कुर्नुपर्ने समस्या छ। घन्टौं होइन दिनानुदिन धाउनुपर्ने समस्या पनि उस्तै रहेको छ। कार्यालय पुगेका सेवाग्राहीलाई त्यहाँका कर्मचारीले विभिन्न बहाना गराएर दु:ख दिने गरेको सेवाग्राहीले बताएका छन्।

मालपोत कार्यालयमा पुर्जा फुकुवा गर्न र रोक्का गर्नका लागि बर्दघाट नगरपालिकाको वडा नम्बर ७ का केवल पोडेल सोमबार मालपोत कार्यालय पुगे। मालपोतका कर्मचारीले समयमै काम नगरिदिएका कारण उनी पुन मंगलबारसमेत मालपोत कार्यालय परासी गए।

पौडेल कार्यालयमा पुग्दा कार्यालयको विभागीय फाँटहरूमा कर्मचारी नै नरहेको र खाली रित्ता कुर्सी मात्र देखेपछि मालपोतमा खेप्नुपर्ने सास्तीले मन खिन्न बनाए। किन कर्मचारीले आफ्नो जिम्मेवारीअनु्सार काम नगरेका होलान्? मैले त दुःख पाएँ म जस्तै दुःख पाउने कति होलान? पौडेलले आक्रोशित हुँदै भने।

 पौडेल एउटा प्रतिनिधि पात्र मात्रै हुन्। दैनिकजसो मालपोत कार्यालयमा पुग्ने प्राय सवै सेवाग्राहीहरू त्यहाँका कर्मचारीको रवाफ र उनीहरुको काम गर्ने शैलीबाट दिक्क हुँदै आएका छन्। कोही टाठाबाठा आए उत्तिखेरै काम गर्ने सोझा साझा    सेवाग्राहीलाई हप्तौंसम्म धाउनुपर्ने बाध्यता रहेको पनि सेवाग्राहीहरूको गुनासो छ।

बिचौलियामार्फत आएका काम गर्न भ्याइनभ्याई

पछिल्लो समय अनलाइन प्रणालीबाट काम सुर भएपछि कर्मचारीहरूलाई बहाना बनाउन पनि निकै सजिलो भएको छ। उनीहरूको रेडिमेड जवाफ आइहाल्छ आज सिस्टमले काम गरेको छैन भोलि आउनुहोस्। सिस्टमलाई बाहाना बनाएर सेवाग्राहीलाई दु:ख दिने कर्मचारीहरूलाई  बिचौलियामार्फत आएका काम गर्न भने भ्याइनभ्याई हुने गरेको सुनवल नगरपालिका ३ कृतिपुरका भरत क्षत्रीले बताए।

बिचौलियामार्फत बढी पैसा दिएर काम लगाए तुरुन्त काम हुने र सोझा सेवाग्राहीहरु गए हप्तादिनसम्म झुलाउने प्रवृत्ति मालपोतमा हाबी रहेको भन्दै कर्मचारी र बिचौलियाबीच मिलोमोतो गरी आम सेवाग्राहीलाई मालपोतका कर्मचारीले दुःख दिने गरेको क्षत्रीले बताए।

कार्यालय प्रमुख भन्छन्- सेवाग्राहीको गुनासो छैन

सेवाग्राहीहरूको गुनासोबारे जानकारी गराउँदा मालपोत कार्यालय परासीका कार्यालय प्रमुख पुष्प पाण्डेले आफूलाई त्यसबारे जानकारी नभएको बताउँछन्। पाण्डेले जानकारी नभएको बताइरहँदा बिचौलियाहरू कार्यालयभित्र पुगेर आ-आफ्नै सुरमा काम गरिरहेका देखिन्थे। कार्यालय प्रमुख पाण्डले कार्यालयमा दरवन्दि अनुसारको कर्मचारी नभएका कारण काम गर्न असहज भएको बताए।

अनलाइनबाट सेवा दिँदा इन्टरनेट सिस्टमले काम नगर्दा सेवाग्राहीको समयमा काम गर्न नसकिएको उनको भनाइ छ। दैनिकजसो सेवाग्राहीको चाप हुने कार्यालय मालपोतमा इन्टरनेटका लागि एउटै स्रोतमा भरपर्नु र वैकल्पिक व्‍यवस्था नहुनु निकै लाजमर्दो कुरा रहेको सेवाग्राहीहरुको भनाइ छ।

मालपोत कार्यालयमा भने अनलाईन प्रणाली सुरु भएसँगै त्यहाँका कर्मचारीले सिस्टमले काम नगरेको भन्दै सेवाग्राहीलाई दुःख दिने गरेका छन्। मालपोतमा हुने बिचौलियाको विगविगी र अस्तब्यस्त कार्यशैली सुधार्नका लागि कार्यालय प्रमुखले नै कदम चाल्नुपर्ने सेवाग्राही बताउँछन्।

किन भएन इन्टरनेटको वैकल्पिक व्‍यवस्था?

दैनिकजसो सेवाग्राहीको अत्याधिक भिड हुने मालपोत कार्यालयमा इन्टरनेटले काम नगरेको बाहनामा सेवाग्राहीले सास्ती खेप्दै आइरहेका छन्। कर्मचारीहरूको रेडिमेड जवाफ सिस्टम फेलले सबै सेवाग्राहिलाई वाक्क दिक्क नै बनाएको छ।

हिजो ढड्डा पल्टाएर काम गर्दा अस्तब्यस्त हुने मालपोत कार्यालय अनलाइन प्रणालीमा गएपछि सहज हुने आम सेवाग्राहीको बुझाई परासी मालपोतमा भने गलत जस्तै सावित भएको छ। कार्यालय प्रमुख पाण्डेले ईन्टरनेट सेवा प्रदायक कम्पनीले उपलब्ध गराउने ईन्टरनेटमै समस्या भएका कारण अफ्ठेरो भएको बताएर जिम्मेवारीबाट पन्छिने गरेको सेवाग्राहीको भनाइ छ।

सामान्यतया दैनिकरूपमा घरमा प्रयोग गर्ने इन्टरनेट त एउटा कम्पनीमा भर नपरी अर्को वैकल्पिक व्‍यवस्था गरिन्छ भने अत्याधिक सेवा गाहिको भिड हुने मालपोत कार्यालय एउटै कम्पनीमा भरपर्नु लाजमर्दो भएको सेवाग्राही बताउँछन्।

एक से एक इन्टरनेट सेवाप्रदायक कम्पनी अहिले बजारमा रहेका छन्। कम्तीमा एउटा वैकल्पिक व्‍यवस्था गर्न सके एउटा कम्पनीको इन्टरनेट सेवा अवरुद्ध हुँदा अर्को कम्पनीको इन्टरनेट प्रयोग गर्न सकिन्छ। यस विषयमा भने कार्यालयको ध्यान गएको पाइँदैन। कार्यालयका कर्मचारीलाई कसरी चुस्त दुरुस्त सेवा प्रदान गर्नेभन्दा पनि कसरी सेवाग्राहीलाई दुःख दिने भन्ने मनोवृत्ति हाबी भएको देखिन्छ।

मालपोत कार्यालयमा इन्टरनेट प्रविधिबाट काम हुने गर्दछ। बजारमा धेरै इन्टरनेट सेवाप्रदायक संस्थाहरुले पनि यो सेवा उपलब्ध गराउदै आएका छन्। मालपोत कार्यालयमा इन्‍टरनेट सेवा उपलब्ध गराउँदै आएको सुविसुले कहिलेकाहीँ समस्या देखिनु स्वाभाविक भए पनि प्रायजसो समस्या नहुने गरेको बताउँछ। कार्यालयमा वैकल्पिक व्‍यवस्था नहुँदा कर्मचारीहरूको मानसिकतामै शंका गर्ने ठाउँ देखिएको मालपोतमा सेवा लिन पुगेका बर्दघाट उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष लेखनाथ पौडेलले बताए।

पौडेलले मालपोतका कर्मचारीलाई पैसा खुवाउन सक्नेको तुरुन्त काम हुने तर अरूका लागि इन्टरनेटको समस्या देखाउनु जायज नभएको बताए। अन्य जिल्लाका मालपोतमा सिस्टमले काम गर्ने परासीमा मात्र नगर्ने यो कसरी हुनसक्छ पौडेलले प्रतिप्रश्न गर्दै भने मालपोतमा बिचौलिया प्रयोग गरेर रकम असुल्ने कर्मचारी हाबी हुँदा आम सर्वसाधारण सेवाग्राहीले सास्ती खेप्नुपरेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.