अधिकांशको मृत्यु लेक लागेर

|

जाजरकोट : यार्सागुम्बा संकलनका लागि डोल्पाका पाटनमा गएका आठ जनाको मृत्यु भएको छ । अधिकांशको मृत्यु लेक लागेर भएको हो। भिरबाट लडेर पनि केहीको मृत्यु भएको छ। 

यार्सा संकलनका लागि जाँदै गर्दा शेफोक्सुण्डो गाउँपालिकाको लामा डाँडालेकमा लेक लागेर जुम्ला पतारासी गाउपालिका ६ का १७ वर्षीय गोपाल विष्टको मृत्यु भएको हो । यस्तै जेठ १० गते कागमारास्थित लेकमा भिरबाट लडेर जुम्ला गोठीचौर गाउँपालिका ४ का ४४ वर्षीय जयकृण पाण्डे मृत्यु भयो । 

जेठ १६ गते ग्यालवारा पाटनमा भीरबाट लडेर डोल्पा ठूलीभेरी नगरपालिका ११ वर्ष ३८ की बुद्धिकुमारी कार्कीको  निधन भयो। जेठ १७ गते शेफोक्सुन्डो गाउपालिकाको प्यारीकोप्कामा लेक लागेर जाजरकोटका बारेकोट गाउँपालिका ६ का २२ वर्षीय रमेश चलाउनेको  मृत्यु भयो।  जेठ १८ गते लेक लागेर जाजरकाटको बारेकोट गाउँपालिका १ का १८ वर्षीय कृष्ण विकको  निधन भएको थियो। त्यस्तै डोल्पो बुद्ध गाउँपालिकाको ताक्सी लेकमा जेठ २० मा लेक लागेर रुकुम पश्चिम आठविसकोट नगरपालिका  ९ का ३९ वर्षीय कृष्णबहादुर शाहीको निधन भयो। 

जेठ १९मा ग्यालवारा पाटनमा डोल्पा ठूलीभेरी नगरपालिका ५ की ४० वर्षीया धनकला बुढाको मृत्यु भयो। यस्तै चिसोको कारण यही जेठ २० गते काइके गाउपालिकाको व्यास रिखीमा कान्छी विकको नवजात शिशुको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय डोल्पाले जनाएको छ । 

फोनको पहुँच नभएका कारण के कति बिरामी छन् र कहाँ के भइरहेको थाहा हुन नसकेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ । सदरमुकाम दुनैबाट धेरै टाढा रहेका उच्च हिमालमा यार्सा संकलन हुने भएकाले खबर आदानप्रदान गर्न समस्या छ। यार्सा संकलनकर्ताको स्वास्थ्यलाई ध्यान दिएर नौ ठाउँमा स्वास्थ्य शिविर राखिएको छ । शिविरहरूमा घाइते र बिरामीको उपचार भइरहेको छ। डोल्पाका ७० भन्दा बढी पाटनमा यार्सागुम्बा संकलन भइरहेको छ। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.