काठमाडौं : गायक युवराज चौलागाईँको लटरपटर गीतले दर्शक श्रोताको मायाँ बटुलिरहेको छ।
दर्जनौ आधुनिक गीत र चलचित्रका पाश्र्व गायनमा सुमधुर आवाज दिएका चौलागाईको पछिल्लो गीत तिम्रो मायाँ लटरपटरलाई श्रोता दर्शकले निकै रुचाएका छन्।
गायनमा चौलागाइलाई गायिका अनुष्का पाठकले साथ दिएकी छन्।
गीतमा राजेन्द्र थापाका शब्द र दिपक शर्माको संगीत रहेको छ। गितको भिडीयोमा प्रियंका कार्की र शुनील क्षेत्रीको अभिनय रहेको छ। भीडियोमा गायक चौलागाईको पनि अभिनय देख्न सकिनेछ।
लटरपटर गीत पछिल्लो पुस्ताका युवा युवतीको मायाँ प्रेमका केन्द्रित छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।