|

बारा : बाराको जीतपुरबाट एक युवक चितुवाको छाला तथा दाँतसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा मकवानपुरको बकैया गाउँपालिका २ तिनकुने बस्ने ३२ वर्षीय सोमबहादुर गोले रहेका छन्।

जिल्ला प्रहरी कार्यालय बारा र इलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको संयुक्त प्रहरी चेकिङ टोलीले उनलाई जितपुरसिमरा उपमहानगपालिका ७ जितपुर बजार चोकबाट पक्राउ गरेको हो। उनको साथबाट प्रहरीले लोपोन्मुख जंगली जनावर चितुवाको रौं सहितको सुकेको छाला र ४ वटा दाँत फेला पारेको छ। उनलाई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय सिमरा बारामा बुझाइएको प्रहरीले जनाएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.