|

इलाम : माइखोलामा डुबेर आइतबार एक बृद्धाको मृत्यु भएको छ। महमाईबाट दानाबारी जाने क्रममा दिउँसो २ बजे खोलामा डुबेर महमाई–७ जोरखोला निवासी ७९ बर्षिया पूर्णमाया राईको मृत्यु भएको हो। 

मादक पर्दाथ सेवन गरी खोला तरेको कारण उनको डुवेर मृत्यु भएको हुन सक्ने प्रहरी चौकी महमाईले जनाएको छ। मृतक राईको शव निर्माणाधीन पुलभन्दा करिब १०० मिटर तल फेला परेको थियो। शव पोसमार्टमका लागि मेची अञ्चल अस्पताल भद्रपुर पठाइएको प्रहरी चौकी महमाईका हबलदार कृष्ण गिरीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.