|

मुगु : मुगुम कार्मारोङ्ग गाँउपालिका–२ मुगुगाउँका युवाहरुले गैरकानुनी रुपमा वाकीट्वकी चलाउँदै आएका छन्। उनीहरुले चीनबाट ल्याइएका वाकीट्वाकी सम्बन्धित निकायबाट अनुमति नलिइ चलाइरहेको पाइएको छ।

मुमुगाउँका युवाहरुले करिब एक दर्जन वाकीट्वाटी प्रयोग गर्दै आएका छ्न्। यार्सा संकलनको समयमा पाटन क्षेत्र तथा यार्साको राजस्व संकलन गर्ने स्थान सिरानीचौरमा सञ्चार सेवा नहुँदा वाकीट्वाकी प्रयोग गरेको उनीहरुको भनाइ छ। उनीहरुले वाकीट्वाकीले करिब दुई किलोमिटरसम्म सञ्चार आदानप्रदान गर्ने गरेको गाउँपालिकाका एक कर्मचारीले बताए।

यता प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले अनुमतिबिना वाकीट्वाकी सेट प्रयोग गरेको आफुलाई कुनै जानकारी नआएको बताए। यदी प्रयोग भएका हो भने तत्काल उनीहरुलाई कानुनी दायरामा ल्याउन सकिने अधिकारीले बताए। 

यार्सा संकलनमा जानेहरुको सुरक्षार्थ खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीले वाकीट्वाकी प्रयोग गरेको थाहा पाए पनि उनीहरुले सम्बन्धित निकायमा जानकारी नगराएको बताइएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.