|

काठमाडौं : अमेरिकन सैनिकको उच्च ओहदामा एक नेपाली किशोरी पुगेकी छिन्। स्याङ्जा जिल्ला फेदीखोला-४ टोर्केकी अस्मिता गुरुङ अमेरिकन सैनिक संगठनको उच्च ओहदा (सेकेण्ड लेफ्टिनेन्ट पद)मा नियुक्त भएकी हुन्।

विश्वकै बृहत सैनिक संगठनको लेफ्टिनेन्टमा ९ मे २०१९ मा उनले शपथसमेत लिइसकेकी छिन्। वि.सं. २०४६ साल मंसिर २९ गते स्याङ्जामा जन्मिएकी उनले बाल्यकालमा आफ्नै गाउँबाट प्रारम्भिक शिक्षा हासिल गरेकी थिइन्। पोखराको न्यू मिलिनियम बोर्डिङ स्कुलबाट एसएसली उत्तीर्ण गरी, सगरमाथा हाइयर सेकेण्डरी स्कुलबाट प्लस टु गरी अस्मिता अमेरिका उडेकी थिइन्।

टेक्सास राज्यस्थित एक कलेजबाट ब्याचलर अफ साइन्स (नर्सिङ)मा स्‍नातक गरेकी अस्मिताले भविष्यमा सक्रिय ड्युटी नर्स कर्पोरेसनमा रहने प्रतिबद्धता व्यक्त गरेकी छिन्। उनका बुबा आइबहादुर अवकाश प्राप्त भारतीय सेना हुन्। उनी हाल हङकङमा कार्यरत छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.