|

काठमाडौं : सरकारले आगामी आर्थिक वर्षमा देशभित्र पाँच लाखलाई रोजगारी दिने लक्ष्य निर्धारण गरेको छ। रोजगारी वृद्धिका लागि सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम अघि बढाएको छ।

चालू आर्थिक वर्षमा कतिपय स्थानीय तहले प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गरेका छन्। त्यसको उपयोगिता कति भन्ने सवालमा भने प्रश्‍न तेर्सन थालेको छ। खनेको बाटोबाट ढुंगा हटाउने तथा ढुंगा छाप्ने जस्ता काममा रोजगार कार्यक्रम केन्द्रित हुन थालेका छन्।

आगामी आर्थिक वर्षका लागि प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत पाँच खर्ब एक करोड रुपैयाँ विनियोजन गरिएको छ। त्यसमध्ये ४० करोड रुपैयाँ रोजगार संयोजकको तलबमा जान्छ भने अन्य रकम सीप सिकाउन र रोजगारी कार्यक्रमअन्तर्गतको रकम दिन प्रयोग हुने उल्लेख गरिएको छ।

पाँच लाख रोजगारी सिर्जना गर्ने जनाएको सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत एक लाखलाई रोजगारी दिने लक्ष्य निर्धारण गरेको छ। शुक्रबार राजधानीमा आयोजति कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडाले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत एक लाखलाई रोजगारी दिने लक्ष्य निर्धारण गरिएको बताएका हुन्।

खतिवडाले आठ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्दा अन्य चार लाखलाई रोजगारी स्वभाविकरूपमा बढ्ने बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.