समाज : सुरक्षा/अपराध

सशस्त्र प्रहरी जवान घुससहित पक्राउ
SHARES

जेठ २४, २०७६

    रौतहट : सशस्त्र प्रहरीका घुमुवा घुससहित बिहीबार साँझ पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय बर्दिवासले  घुससहित सशस्त्र प्रहरीका जवान अरुण झालाई पक्राउ गरेको हो।

    ११ नम्बर सशस्त्र प्रहरी गण सीमा सुरक्षामा कार्यरत प्रहरी जवान अरुण झालाई भारतबाट नेपाल भित्र्याउन लागेको भारतीय सामानलाई भन्सार छली नेपाल भित्र्याउने कार्य गरेबापत ३० हजार रुपैया घुससहित  अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय बर्दिवासको टोलीले रंगेहात पक्राउ गरेको थियो। 

    विगत केही वर्षदेखि  सशस्त्र प्रहरीको  घुमुवाको रुपमा कार्यरत झाले विभिन्न राजनीतिक दल लगायतका पावरका भरमा रौतहटका व्यापारीलाई अवैध रकम असुली गर्दै आएको गुनासो बारम्बार आए पनि राजनीतिक तथा शक्तिकेन्द्रका भरमा छुट हुँदै आएकोमा यसपटक भने अख्तियारले सप्रमाणसहित पक्राउ गरेको हो।  

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]