|

रुकुम : रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा संचालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई 'तरकारी बीउ जोन' ले कृषक समूह र सहकारी संस्थालाई ६० लाख वरावरको कृषि उत्पादन सामग्री वितरण गरेको छ। 

तरकारी बीउ जोनले एक औपचारिक कार्यक्रमको आयोजना गरी सानीभेरी गाउँपालिका र चौरजहारी नगरपालिकाअन्तर्गत रहेका कृषि समूह र सहकारी संस्थालाई उक्त सामग्री हस्तान्तरण गरेको हो। कृषिलाई यान्त्रिक र प्रविधि सँग जोडेर कृषकलाई कृषि पेशामा सहज बनाउने उद्देश्यका साथ ५० प्रतिशत अनुदानमा १८ वटा मिनी टिलर, ६१ वटा स्प्रे टयांकी, र २५० वटा तरकारीको बीउ ओसाउने पंखा वितरण गरिएको छ। 

त्यसैगरी तरकारी बीउ जोनले १ थान विरुवा रोप्ने मेसिन १ थान डयाग गराउने मेसिन र ३५ वटा बीउ स्टोर गर्ने सामग्री वितरण गरिएको निमित्त वरिष्ठ कृषि अधिकृत महेश चन्दले जानकारी दिए। सामग्री हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि एवं चौरजहारी नगरपालिका उपप्रमुख राधा रोकाले कृषिमा भित्रिएको प्रविधिले कृषकको जीवनस्तरमा परिवर्तन ल्याउन सहयोग पुग्ने बताइन।

तरकारी तरकारी जोन इकाइका निमित्त वरिष्ठ कृषि अधिकृत महेश चन्दले संचालन गरेको कार्यक्रममा जोन संचालक समितिका अध्यक्ष तारानाथ शर्माको अध्यक्षता रहेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.