|

रुकुम : रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाले आर्थिक वर्ष पूरा हुनु अगाबै लक्ष बढी राजश्व संकलन गरेको छ। आर्थिक वर्ष २०७५/०७६ को वैशाख मसान्तसम्म १ करोड ५५ लाख २८ हजार राजश्य संकलन भएको छ। 

नगरपालिकाले यस आर्थिक वर्षमा कूल राजश्व लक्ष्य १ करोड ५० लाख मात्र राखेको थियो। बैशाख मसान्तभित्र नै लक्ष भन्दा ५ लाख बढी राजश्य संकलन भएको र आर्थिक मसान्तसम्म अझै बढ्ने नगर प्रमुख गोर्खबहादुर केसीले बताए। 

आन्तरिक राजश्वको स्रोत तर्फ वडा कार्यालयबाट संकलित रकम ४२ लाख ३८, नगरपालिका कार्यालयबाट संकलित २७ लाख ९७ हजार, कर संकलन केन्द्रबाट संकलित २ लाख २३ हजार र नगर अस्पतालबाट संकलित १८ लाख ३९ हजार रुपैयाँ रहेको छ।

त्यस्तै नगर प्रहरीबाट संकलित १ लाख ७७ हजार, विभिन्न शाखाबाट संकलित २५ लाख ३२ हजार, नगर क्यान्टिनबाट संकलित १५ हजार, घरजग्गा रजिष्ट्रेशन शुल्क ३६ लाख ९८ हजार र पशुसेवा कार्यालयबाट संकलित ५ हजार ६०० रुपैयाँ रहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.