पहिलो पटक भार प्रविधि प्रयोग गरिँदै

|

इलाम : महिला विश्वकप फुटबल २०१९ आजबाट फ्रान्समा सुरु हुँदैछ। आठौं संस्करणको प्रतियोगितामा २४ देशको सहभागिता रहेको छ। प्रतियोगिताको उदघाटन खेलमा आयोजक फ्रान्सले एसियाली राष्ट्र दक्षिण कोरियाको सामना गर्दैछ।

खेल पेरिस सेन्ट जर्मेनको होमग्राउन्ड पार्सा डे प्रिन्समा नेपाली समय अनुसार शनिबार १२: ४५ बजेबाट हुनेछ। ७ जुनबाट ७ जुलाई २०१९ सम्म आयोजना हुने प्रतियोगितामा सहभागी टिमहरूलाई ६ समूहमा विभाजन गरिएको छ। प्रत्येक समुहको विजेता र उपविजेता तथा ४ उत्कृष्ट तेश्रो हुने देश नकाउट चरणमा प्रवेश गर्नेछन्। समूह ए मा आयोजक फ्रान्सहित नर्वे, दक्षिण कोरिया र नाइजेरिया छन। समूह बि मा जर्मनी, स्पेन, चीन र दक्षिण अफ्रिका छन। समूह सी मा इटली, ब्राजिल, अस्ट्रेलिया र जमैका छन। 

समूह डी मा इंग्ल्यान्ड, स्कटल्यान्ड, अर्जेन्टिना र जापान छन। समूह इ मा नेदरल्यान्ड, क्यानडा, न्युजिल्यान्ड र क्यामरुन छन। समूह एफ मा स्वीडेन, अमेरिका, चिली र थाइल्यान्ड छन। प्रतियोगिता फ्रान्सको ९ वटा शहरमा आयोजना हुनेछ। १९ मार्च २०१५ मा फ्रान्सले पहिलो पटक महिला विश्वकप प्रतियोगिता र यु-२० महिला विश्वकप आयोजनाको लागि फिफा समक्ष दावी पेश गरेको थियो।

दक्षिण कोरियालाई पछि पार्दै फ्रान्सले फिफा कार्यकारी समितिबाट दुवै प्रतियोगिता आयोजनाको लागि अधिकार पाएको थियो। गत वर्ष नै उस्ले नवौ संस्करणको यु-२० महिला विश्वकप सफलतापूर्वक सम्पन्न गरिसकेको छ। 

महिला र पुरुष विश्वकप आयोजना गर्ने चौथो राष्ट्र

२०१९ को संस्करण आयोजना गरेसँगै फ्रान्स महिला विश्वकप र यु-आयोजना गर्न तेस्राे युरोपेली राष्ट्र बन्न सफल भएको छ। यसअघि सन १९९१ को दोस्राे संस्करण स्विडेन र २०११ को छैटौं संस्करण जर्मनीले आयोजना गरेको थियो। त्यसैगरी फ्रान्स महिला र पुरुष दुवैको विश्वकप आयोजना गर्ने चौथो राष्ट्र बन्न सफल भएको छ। यसअघि स्विडेन, जर्मनी र अमेरिकाले महिला र पुरुषको विश्वकप आयोजना गरिसकेका छन।

सन १९३८ र १९९८ को पुरुष विश्वकप आयोजना गरेको फ्रान्सले २०१९ को महिला विश्वकप आयोजना गरेसंगै चौथो राष्ट्र बन्ने अवसर पाएको हो। 

भिडियो अस्सिटेन रेफ्री प्रयोग भएको पहिलो महिला विश्वकप

आठौ संस्करणको प्रतियोगिता भिडियो असिस्टेन रेफ्री (भार) प्रयोग गरिने पहिलो महिला विश्वकप बनेको छ। १५ मार्च २०१९ मा फिफा काउन्सिलले महिला विश्वकपमा भार प्रविधिको प्रयोगलाई स्वीकृति दिएको थियो। यसअघि रसियामा सम्पन्न २१ औं पुरुष विश्वकपमा भार प्रविधिको प्रयोग गरिएको थियो। 

कूल ३० मिलियन अमेरिकी डलर पुरस्कार बाडिने

सन २०१९ को विश्वकपमा कूल ३० मिलियन अमेरिकी डलर पुरस्कार बाडिने छ। जुन रसिया विश्वकप बिजेता फ्रान्सले पाएको भन्दा ८ मिलियन कम हो। विश्वकप बिजेता फ्रान्सले ३८ मिलियन अमेरिकी डलर पाएको थियो। गत संस्करणको महिला विश्व कपको तुलनामा यस संस्करणमा पुरस्कार राशी दोव्बर बनाइएको छ।

विजेता टिमले ४ मिलियन अमेरिकी डलर पुरस्कार पाउनेछन। सन २०१५ मा क्यानडामा सम्पन्न ७ औं महिला विश्वकप बिजेता अमेरिकाले २ मिलियन डलर पाएको थियो। पुरुष विश्वकपको तुलनामा महिला विश्वकपमा ३७० मिलियन डलर कम पुरस्कार वितरण गरिनेछ।

रसिया विश्वकपमा कुल ४ सय मिलियन पुरस्कार बाडिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.