|

पर्सा : लागुऔषध प्रयोगकर्ता र कारोबारीले भारतबाट विगतमा ल्याउने गरेकोभन्दा भिन्न प्रकारको प्रतिबन्धित लागुऔषध लिएर नेपाल प्रवेश गरिसकेको अवस्थामा प्रहरीले एक अभियुक्तलाई पक्राउ गरेको छ। सशस्त्र प्रहरी बल पर्सा र नेपाल प्रहरी पर्सा मातहतको संयुक्त प्रहरी टोलीले वीरगन्जबाट एकजनालाई पक्राउ गरेको हो।

भारतको रक्सौलबाट तयारी अवस्थाको ४ प्रकारको प्रतिवन्धित लागुऔषध लिएर नेपाल प्रवेश गरिसकेको अवस्थामा अभियुक्तलाई वीरगन्ज महानगरपालिका-१६ वीरगन्ज भन्सार कार्यालय नजिकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका-४ का ४५ वर्षीय शिवबालक साह रहेका छन्।

अभियुक्तले ओनेरेक्स २ बोत्तल, वालरेक्स २ बोत्तल, सिम्प्लेक्स ट्याव्लेट ५ थान र नाइट्राजेपान ट्याव्लेट ८ थान लिएर आउँदै गर्दा रंगेहात पक्राउ परेको पर्सा प्रहरीको भनाइ छ। पक्राउ परेका साहलाई लागुऔषध मुद्दामा थप अनुसन्धान र कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले बताए।

विगतमा कारोबारी र प्रयोगकर्ताले नेपाल भित्र्याउने तयारी अवस्थाको प्रतिबन्धित लागुऔषधभन्दा साहले योपटक ल्याएको लागुऔषध अलि भिन्न प्रकारको रहेको उनको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.