|

अछाम : अपर कर्णाली जलविद्युत् आयोजनाको कार्यालयमा बम विस्फोट भएको छ। अछामको तुर्माखाद गाउँपालिका-३ भैरवस्थानमा रहेको सम्पर्क कार्यालयमा शनिबार बिहान ४ बजे प्रेसर कुकर बम विस्फोट भएको प्रहरिले बताएको छ।

स्थानीय दीपक बिसीबाट भाडा लिएर उक्त आयोजनाले कार्यालय सन्चालन गरिरहेको घरमा बम विस्फोट भएको हो। विस्फोटबाट ढुंगामाटोले बनेको घर र नजिकैको शौचालय भत्किएको छ भने एउटा मोटरसाइकलमा समेत आगजनी भएको अछाम प्रहरी प्रमुख डिएसपी जनक शाहीले जानकारी दिए।

उनका अनुसार घटनास्थलमा प्रहरी शनिबार बिहानै पुगेको हो। घटनाको अनुसन्धान भइरहेको छ।

घटनामा संलग्न समूहको खोजीका लागि ठूलो मात्रामा प्रहरी परिचालन गरेको छ। डिएसपी शाहीका अनुसार जिल्ला प्रहरी कार्यालय र घटनास्थल आसपासका प्रहरी कार्यालयहरूबाट ४० जना प्रहरी परिचालन गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.