|

अर्घाखाँची : सँगै बाँच्ने सँगै मर्ने कसम खाएका पति नै आफ्नो काल बनेर आउँला भनी कसैले सोचेको हुँदैन। तर, यस्तै नसोचेको घटना भयो शीतगंगा नगरपालिका–१ सुवर्णखाल मन्द्रे घर्तीसाराकी ३४ वर्षीया वसन्ता खत्रीको जीवनमा।

मदिरा सेवन गरी घरमा आएका वसन्ताका पति ३७ वर्षीय विष्णु खत्रीले श्रीमतीलाई मुखमा हानेर घरको झ्यालमा टाउको ठोक्काइ हत्या गरे। हत्या गरेपछि फसिने डरले उनले झुन्डिएर मरेको भन्ने बनाउन डोरीले बाँधी घरको दलिनमा झुन्डाएर राखे। तर, सत्य कहाँ लुक्छ र? जब घटनास्थलमा प्रहरी पुग्यो वास्तविकता खुल्यो।

अनुसन्धानको क्रममा वसन्ताको हत्या आफूले नै गरेको विष्णुले स्वीकारे। ‘रक्सीमा मातेर आएको थिएँ। झगडा भयो। पिट्दा पिट्दै बेहोस भएर ढली। छोरा पारसले आमा त मर्नुभएछ भन्यो,’ खत्रीको बयान उद्धृत गदै प्रहरी निरीक्षक गम्भीरजंग थापाले भने, ‘मरेपछि फस्सिन्छ भन्ने लाग्यो। घरको दलानमा झुन्डाएर राखेँ।’

जेठ २० गते भेटिएको शवलाई जिल्ला अस्पताल सन्धिखर्कमा पोस्टमार्टम गर्दा कुटपिटबाटै हत्या भएको रिपोर्ट आएको थियो। यसले प्रहरीलाई अनुसन्धानमा थप मद्दत गयो। विष्णु अहिले जिल्ला अदालतबाट म्याद थप भई थुनामा रहेका छन्।

बेपत्ता पुरुषको शव फेला          

आठ दिनदेखि बेपत्ता भएका अर्घाखाँची सितगंगा ११ खयरभट्टीका ३५ वर्षीय धनवीर घर्तीमगर शव फेला परेको छ। घरदेखी करिब डेढ किलोमिटर टाढाको खयरभट्टी जंगलमा शनिबार उनको शव भेटिएको हो।

मानसिक सन्तुलन गुमाएका घर्तीमगर जेठ १७ गते राति सुतेको अवस्थामा उठेर एक्कासि बेपत्ता भएका थिए। घरदेखि डेढ किलोमिटर टाढा जङगलमा गोरु चराउन गएका गोठालाले नग्न अवस्थामा रहेको शव फेला पारेपछि प्रहरीलाई खबर गरेका  थिए। जानकारी पाउनेबित्तिकै ईलाका प्रहरी कार्यालय ठाडाबाट प्रहरी निरिक्षक गणेश बहादुर नरालको कमान्डमा गएको प्रहरीको टोलीले घटनास्थलमा पुगेर सवको मुचुल्का गरी पोष्टमार्टमका लागी सवलाई कविलवस्तुको तौलिहवा पठाईएको प्रहरी निरिक्षक गणेशबहादुर नरालले बताए।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.