|

भद्रपुर, (झापा)  : दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँएर झापामा शनिबार एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। मृत्यु हुनेमा गौरादह नगरपालिका ५ बस्ने ३० वर्षीय टेकनाथ घिमिरे रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

दुर्घटना परी गौरदाह नगरपालिका ५ बस्ने ३१ वर्षीया यमुनादेवी न्यौपान दमक नगरपालिका १५ बस्ने २० वर्षीय जीवन भण्डारी, दमक नगरपालिका ९ बस्ने २३ वर्षीय कर्म उराउ घाइते भएका छन्। घाइतेहरुको स्थानीय अस्पातलमा उपचार भइरहेको जनाइएको छ। 

पूर्व पश्चिम राजमार्गअन्तर्गत झापाको बिर्तामोडमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को १२ प ६३३७ नम्बरको मोटरसाइकलले विपरित दिशाबाट जाँदै गरेको मे १० प ५१९९ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा दुर्घटना भएको थियो। ६३३७ नम्बरको मोटरसाइकलले को १ च ८२१९ नम्बरको कारलाई ओभरटेक गर्न खोज्दा अर्को मोटरसाइकलसँग ठोक्किएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी ६३३७ नम्बरको मोटरसाइकल चालक घिमिरेको मृत्यु भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.