|
फाइल फाेटाे

काठमाडौं :   कोरियन भाषा परीक्षामा ४७ जना नक्कली परिक्षार्थी पक्राउ परेका छन्। शनिबार काठमाडौं, ललितपुर र पोखरामा सञ्चालन गरिएका विभिन्न परीक्षा केन्द्रबाट उनीहरुलाई पक्राउ गरिएको एपिएस कोरिया शाखाले जनाएको छ।

२८ वटा केन्द्रमा गरिएको अनुगमनमा अर्को व्यक्तिको नाममा परीक्षा दिन गएका पक्राउ परेका हुन्। परीक्षाको पहिलो दिन शनिबार ४६ हजार १ ९६ जनाले परीक्षा दिनुपर्ने पालो भएपनि चार हजार ३७ जना अनुपश्थित भएको श्रम तथा रोजगार मन्त्रालय अन्तर्गतले इपियस कोरिया शाखाले जनाएको छ ।

आइतबार चल्ने परिक्षामा यस वर्ष ९२ हजार ३ सय ७६ जना परिक्षार्थी सहभागी हुने इपीएस कोरिया शाखाले जनाएको छ। परीक्षाका लागि काठमाडौंमा २१, ललितपुरमा सात र पोखरामा चार स्थानमा परीक्षा केन्द्र तोकिएको छ।

अघिल्लो वर्षको तुलनमा यसवर्ष भाषा परीक्षा दिनेको संख्या १० हजार भन्दा बढी छ। यस वर्ष सबैभन्दा बढी म्यान्युफ्याक्चर क्षेत्रमा काम गर्न चाहने परिक्षार्थीको संख्या ६३ हजार ४८९ जना रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.