|

धनगढी : हावाहुरीबाट प्रभावित नागरिकहरु चार दिनदेखि खुला अकाशमुनि रात काट्न बाध्य छन्। तीनै तहको सरकारबाट सहयोग नपाउँदा उनीहरु समस्यामा परेका हुन्। 

गत बिहीबार गएको कैलालीमा मात्रै दुई हजार २१६ घरमा हावाहुरीले क्षति पुर्‍याएको छ। तर, अहिलेसम्म कुनै निकायबाट राहत नपाएको उनीहरुको गुनासो छ।

कैलालीका १३ वटा स्थानीय तहमध्ये सबैभन्दा बढी धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकामा क्षति पुगेको छ। हावाहुरीले विद्युतका पोलहरू ढलेका कारण चार दिनदेखि धनगढी उपमहानगरपालिकाका अधिकांश क्षेत्रमा विद्युत् अवरुद्ध भएको छ।

हावाहुरीमा परी दुई जनाको ज्यान गएको छ भने ७६ जना घाइते भएको छन्। 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.