समाज

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

प्रतिकात्मक तस्बिर
जेठ २६, २०७६

    तनहुँ : शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीमा टिपरले ठक्कर दिँदा आइतबार एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडाको २१ वर्षीय कमल विक छन्।

    भिमादबाट हलेदीतर्फ जाँदै गरेको ग१ख ७१७८ नम्बरको टिपरले बाटो काट्ने क्रममा साइकलयात्री विकलाई ठक्कर दिएको हो।

    ढाड र हातमा चोट लागेका विकको तनहुँ सेवा अस्पताल दुलेगौडामा प्राथमिक उपचारपश्चात् थप उपचारको क्रममा मणिपाल शिक्षण अस्पताल पोखरामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए। टिपर र चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]