|

कञ्चनपुर ः कञ्चनपुरको बेदकोट नगरपालिकाले हावाहुरीमा परी घाईते भएकाहरूलाई उपचार खर्च उपलव्ध गराउने निर्णय गरेको छ।

नगरपालिकाको कार्यपालीकाको बैठकले हावाहुरीमा परि सक्त घाईते भएका लाई जनही रु १० हजारका दरले र अन्य घाइतेलाई जनही पाँच हजारका दरले उपचार खर्च उपलव्ध गराउने निर्णय गरेको हो। हावाहुरीमा परी सक्त घाईते भएका नगरपालिका १० नयाँ गाउँका एकै परिवारका राम सिंह रावल, गोरेदेवी रावल, विरमा देवी रावल, सरस्वती रावल र देवी बुढा रहेका छन।

चारै जनाको कैलालीको धनगढी स्थीत सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ। हावाहुरीले घर भत्काउदा गत बिहीवार राती चारै जना घाइते भएका थिए। 
अन्य आठ जना सामान्य घाइतेलाई जनही  पाँच हजारका दरले उपचारका लागि रकम उपलव्ध गराइने नगर प्रमुख असोककुमार चन्दले बताए। हावाहुरीका कारण नगरपालिका क्षेत्रका १२ जना घाइते भएका थिए। 

नगरपालिकाको दैवीप्रकोप उद्धार राहत समितिले संकलन गरेको प्रारम्भिक तथ्यांक अनुसार हावाहुरीले नगरपालिका क्षेत्रका ६० घर पूर्ण रुपमा भत्काएको र ५७० घरका छना उडाएर क्षति पुर्‍याएको छ। समितिले अझै विवरण संकलनको कार्यलाई निरन्तरता दिएको छ। तथ्यांक संकलन समितिमा नेपाल रेडक्रस सोसाइटीबाट तीनजना, सुरक्षाकर्मीबाट दुई जना, उद्योग बाणिज्य संघबाट एक जना र नगरपालिकाबाट एक जना गरी सात जना रहेका छन। 

आपतकालीन कोष स्थापना 

हावाहुरीका कारण क्षति व्योहोरेका कञ्चनपुरको कृष्णपुर नगरपालिकाका स्थानीय बासिन्दालाई राहत उपलव्ध गराउन तथा पुनःस्थापनका कार्यक्रम अगाडि बढाउनका लागि आपतकालीन कोष स्थापना गर्ने निर्णय गरिएको छ। नगरपालिकाको विपद् व्यवस्थापन समितिको आकस्मिक रुपमा बसेको बैठकले एक करोडको आपतकालीन कोष स्थापना गर्ने निर्णय गरेको हो।

कोष स्थापनाका लागि नगरपालिकाको समपुरक कोषमा रहेको रकम मध्ये ७५ लाख आपतकालीन कोषमा राख्ने निर्णय गरिएको छ। विपद् व्यवस्थापन समितिको कोषमा यसअघि छ लाख रकम मात्रै रहेको थियो। हावाहुरी पीडितको उपचार, राहत वितरण र पुनः स्थापनामा सो रकमले नपुग्ने भएपछि आपतकालीन कोषमा थप रकम नगरपालिकाले जम्मा गर्ने भएको छ। 

कोषमा नगरपालिकाका ४९ जना जनप्रतिनिधिको एक महिना बराबरको सेवा सुविधा वाफतको रकम समेत जम्मा गर्ने निर्णय गरिएको नगर प्रमुख कर्णबहादुर हमालले बताए। कोषमा नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत र इन्जिनियरले एक महिना बरावरको तलव जम्मा गर्ने घोषण गरेका छन।

‘नगरपालिकामा कार्यरत कर्मचारीको पाउने पारिश्रमिकबाट समेत २५५ अनिवार्य रुपमा कोषमा जम्मा गर्ने र त्यो भन्दा बढी रकम कर्मचारीले स्वेच्छिक रुपमा जम्मा गर्न सक्ने निर्णय गरिएको छ’ वडा नं २ का अध्यक्ष जयनारायण जोशीले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.