|

फिलिपिन्समा भएको ट्रक दुर्घटनामा परी दुई बालबालिकासहित कम्तीमा १३ जनाको मृत्यु भएको छ।    

विवाहपूर्वको एउटा सांस्कृतिक कार्यक्रममा सहभागी हुन गइरहेका बेला भएको दुर्घटनामा परी उनीहरुको मृत्यु भएको प्रहरी अधिकारीहरूले आइतबार जानकारी दिएका छन्।    

दुर्घटनामा परेको ट्रकमा ५३ जना सवार थिए। पहाडी बाटोमा नियन्त्रण गुमाएर सो दुर्घटना भएको हो।    

कामारिन्स सुर प्रान्तमा शनिबार भएको उक्त दुर्घटनामा अरु दर्जनौं घाइते भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परेका बालबालिका ४ र ५ बर्षका रहेका छन्।    

दुर्घटनाका बारेमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। फिलिपिन्समा यस्ता दुर्घटना बेला बेलामा भइरहने गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.