|

बागलुङ : बागलुङ नगरपालिका १० भकुण्डेमा आइतबार बिहान एक वृद्ध मृत अवस्थामा फेला परेका छन्। बागलुङ नगरपालिका १० भकुण्डेका ६५ वर्षीय शशीराम सार्की मृत फेला परेका हुन्। शनिबार बिहान खुर्पानी बोकेर सरमुकाम बागलुङ बजार जान्छु भन्दै हिँडेका सार्की आइतबार बिहान ६ बजे मृत अवस्थामा भेटिएको परिवारले जनाएको छ।

शनिबार साँझसम्म पनि उनी घर नफर्किए पछि परिवारले खोजी थालेको थियो। खोजी गर्ने क्रममा आइतबार बिहान भकुण्डेको रिठेकुना भन्ने स्थानमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। सडकमा कुनातर्फ ढलेको अवस्थामा उनको शव फेला परेको प्रहरी नायव उपरीक्षक झविन्द्र भट्टराईले जानकारी दिए। प्रहरीले सार्कीको शव पोष्टमार्टमका लागि धौलागिरी अञ्चल अस्पताल पठाएको छ।

घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.