|

सप्तरी : नेपालबाट भारततर्फ अवैध रुपमा मदिरा निकासी गरिरहेका २ जनालाई प्रहरीले पक्राउ गरेको छ। हनुमाननगर कंकालिनी नगरपालिका-९ स्थित कोशी बाँधबाट शनिबार राति उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा त्यही नगरपालिका-७ का २५ वर्षीय पप्पु गुप्ता र ३५ वर्षीय हरेराम मुखिया रहेका छन् । उक्त स्थानमा भारततर्फ लैजान लागेको अवस्थामा करिब ५० हजार ४ सय रुपैयाँ बराबरको ४३ कार्टुन 'दिलवाले' मदिरासहित उनीहरु पक्राउ परेका हुन्। पक्राउ परेका दुवैलाई इलाका प्रहरी कार्यालय हनुमाननगरको हिरासतमा राखिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.