|

रौतहट : रौतहटको गौर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत उपसचिव सुमन कार्की २ महिनाका लागि निलम्वनमा परेका छन्। संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले उपसचिव कार्कीलाइ २ महिनाका लागि गत शुक्रबार निलम्बन गरेको हो । 

मन्त्रालयले खटाएको कार्यालयमा हाजिर हुन अटेर गरेपछि प्रमुख प्रशासकीय अधिकृत कार्कीलाई निलम्बन गरिएको संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयका सचिब यादब प्रसाद कोइरालाद्वारा हस्ताक्षरित पत्रमा जनाइएको छ ।  

उपसचिव कार्कीलाई यही जेठ १ गते शैल्यशिखर नगरपालिका दार्चुलामा काजमा खटाइएको थियो। त्यसपछि मन्त्रालयले ३ दिनभित्र हाजिर हुन पत्राचार र मौखिक निर्देशन दिएको उक्त पत्रमा उल्लेख छ । 

उपसचिव कार्कीले त्यसको अवज्ञा गरेपछि निजामती सेवा नियमावली २०५० को नियम १२४ बमोजिम २१ दिन भित्र बरबुझारथ गरी खटाइएको कार्यालयमा नगई गौर नगरपालिकामा बसेकाले निजामति सेवा ऐन अनुसार २ महिनाका लागी निलम्बन गरेको मन्त्रालयले जनाएको छ । 

यसैबीच संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कार्कीको सरुवा गर्दै त्यही नगरपालिकाका आलेप अधिकृत सरोजकुमार लाल दासलाई जेठ १७ गते गौर नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत तोकेर जेठ १७ गते पठाएको थियो । 

आलेप अधिकृत दासलाई नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृतको रुपमा नस्वीकार्ने नगर प्रमुख अजय गुप्ताले बताए । मन्त्रालयले स्थानीय सरकार सञ्चालन ऐन बिपरित प्रमुख प्रशासकीय अधिकृत तोकेको नगर प्रमुख गुप्ताले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.