घटनाबारे कँडेलसहितले क्षमा मागे

|

चितवन :  चितवनको रामपुरमा निर्माणधीन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको अस्थायी बार भत्काएको आरोपमा पक्राउ परेका मुख्य आरोपी प्रकाश कँडेलसहित ४ जना छुटेका छन् । कँडेलसहित भैरव वास्तोकोटी, धुव्र चापागाईं र सुरेन्द्र विक रिहा भएका हुन् । 

उनीहरुलाई आइतवार राति हाजिरी जमानीमा छाडिएको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ । अनुसन्धान अधिकृतले आवश्यक परे फेरि बोलाउने गरी हाजिरी जमानीमा छाड्न सक्ने प्रावधान अनुसार रिहा गरिएको प्रहरी नायव उपरीक्षक दीपेन्द्र साहले बताए । 

उनीहरुलाई प्रदेश सांसद विजय सुवेदी र भरतपुर महानगर प्रमुख रेनु दाहालको उपस्थितिमा फेरि गल्ती नदोहोर्याउने शर्तमा रिहा गरीएको प्रहरीले जनाएको छ । 
घटनाबारे क्षमयाचना

रिहा भएका चारैजनाले गल्ती गरेको भन्दै विज्ञप्ति निकालेर क्षमायाचना गरेका छन । उनीहरुले रंगशाला निर्माण अघि बढाउन धुर्मुस–सुन्तली फाउण्डेसनलाई आव्हान पनि गरेका छन् । 

जस्तापातासहितको तारबारमा डोजर लगाएको आरोपमा प्रहरीले १८ जनालाई पक्राउ गरेको थियो । जसमा १४ जना यसअघि नै रिहा भइसकेका छन्। 

रंगशाला निर्माणस्थलबाट दक्षिणतर्फका असन्तुष्ट स्थानीयले पक्राउ परेकाको रिहाईको माग गर्दै वडा कार्यालय, भरतपुर महानगर हुँदै जिल्ला प्रहरी कार्यालयमा धर्ना दिइरहेका थिए । 

तारबार भत्काएपछि असुरक्षाको कारण देखाउदै धुर्मुस–सुन्तली फाउण्डेसनले निर्माणका सम्पर्ण काम स्थगित गरेको छ । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.