|
तस्विर– अन्नपूर्ण पोस्ट

जनकपुरधाम :  निर्माण नसकिँदै जनकपुर–जलेश्वर–भिठ्ठामोड सडकखण्ड भासिन थालेको छ।

संसदीय अनुगमन समितिले सडक गुणस्तरहीन रहेको ठहर गरेको छ।  अन्नपूर्ण पोस्टमा समाचार छ, सडकमा ठूलो भ्रष्टाचार भएको अनुगमन समितको निष्कर्ष छ। नेपाल–भारत जोड्ने व्यापारिक तथा धार्मिक सडकको आधारशीला नै कमजोर रहेको संसदीय समितिको बुझाइ छ।

संघीय संसद् अन्तर्गतको विकास तथा प्रविधि समितिले सडक अनुगमन गर्न गठन गरेको उपसमितिकी संयोजक इन्दु शर्माले भनिन्, ‘नजिकै गहिरो खाल्टो खनेर हालिएको माटो वर्षाले बगाउँदा सडक भासिन थालेको छ।’

तीन दिन लगाएर गरिएको स्थलगत अनुगमनपछि उनले भनिन्, ‘बाहिरबाट माटो ल्याएर सडकमा हाल्नुपर्ने थियो। तर, त्यसो गरिएन। यही अवस्थाले वर्षामा सडक भासिएर बेकामे हुन्छ।’ सडक नजिकै खनिएको गहिरो खाल्टोमा बालबालिका डुब्ने खतरा उत्तिकै रहेको भन्दै उनले चिन्ता व्यक्त गरिन्।

जनकपुरधाम–जलेश्वर–भिठ्ठामोड सकड निर्माणका लागि ९३ करोडमा दुई ठेकेदार कम्पनीले दुई प्याकेजमा ठेक्का लिएका छन्। प्रतिभा वाई पी जेभी ललितपुर र आशिष पप्पु–रोशन जेभी जनकपुरले ठेक्का लिएका हुन्।

तीन वर्षमा सडक निर्माण सक्नुपर्ने समय सीमा छ। असोजमा ठेक्का सम्झौता सकिँदै छ। ५० प्रतिशत काम सकिएको प्रतिवेदन आएको छ। त्यो प्रतिवेदन कागजी मात्रै रहेको अनुगन समितिको दाबी छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.