|

अन्तर्राष्ट्रिय मुद्रा कोषले विश्वको अर्थतन्त्रमा व्यापार विवाद मुख्य चुनौति रहेको बताएको छ।

चीन–अमेरिकाबीचको व्यापार विवादका कारण विश्व आर्थिक वृद्धिदर प्रमुखरूपमा प्रभावित भएको भन्दै यसलाई सुल्झाउनका लागि विश्व समुदायले विभिन्न मञ्चमा विचारहरू व्यक्त गरिरहेका समय मुद्रा कोषले उक्त धारणा सार्वजनिक गरेको हो।

आइतबार मुद्रा कोषका प्रमुख क्रिष्टिन लेगार्डले भने, ‘विश्व व्यापार तनावले विश्वको आर्थिक वृद्धिमा ‘मुख्य चुनौति’ दिएको छ।’  चीन–अमेरिकाबीचको कर वृद्धिले विश्व आर्थिक विकासलाई ‘महत्वपूर्ण धक्का’ पु¥्याउन सक्ने उनको भनाइ थियो। 

लेगार्डले जी–ट्वन्टी समूह राष्ट्रहरूका अर्थमन्त्रीहरूसँग भेट गरेपछि जारी गरेको विज्ञप्तिमा उक्त चासो व्यक्त गरे। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.