|

विश्वकपको १५ औं खेलमा सोमबार साउथह्याटनमा दक्षिण अफ्रिकाले वेस्टइंन्डिजको सामना गर्दे छ। विश्वकपमा खराव प्रदर्शनको सिकार भइरहेको दक्षिण अफ्रिका पहिलो जितको खोजिमा रहँदा वेस्टइंडिज पनि प्रतियोगिताको आशलाई कायम राख्न मैदानमा हुने छ। त्यसो त वेस्टइंडिज दक्षिण अफ्रिकाविरुद्ध लगातार पराजित हुँदै आएको छ। पछिल्लो पटक २००३ को विश्वकपमा दक्षिण अफ्रिकालाई हराएको वेस्टइंडिज त्यसयता भने विश्वकपमा निरिह रहेको छ।

इंग्लिस भुमिमा दुई पटक प्रतिष्पर्धा

इंग्ल्इान्डको भुमिमा यी दुई टिम बिच अहिलेसम्म २ पटक प्रतिष्पर्धा भएको छ। विश्वकप बाहिरको प्रतिष्पर्धामा २००४ मा भएको खेलमा वेस्टइंडिज विजयी भएको थियो भने अर्को खेल बराबरी भएको थियो।

दक्षिण अफ्रिका जारी विश्वकपमा तीन खेलमा पराजित भएको छ। त्यसैले सेमिफाइनल संभावनालाई कायम राख्न बाँकी ६ खेलमै जित निकाल्नु पर्ने चुनौती छ। एक खेलमात्रै हारेमा पनि उसले पाँच खेले जितेरपनि अरुको नतिजा पर्खनु पर्ने छ।

वेस्टइंडिज दक्षिण अफ्रिका हेड टु हेड

दुई टिम बीच अहिलेसम्म कुल ६१ खेल भएका छन्। जसमा दक्षिण अफ्रिकाले ४४ जित निकाल्दा वेस्टइन्डिजको भागमा १५ जितमात्र रहेको छ। एक खेल बराबरी भएको छ। एक खेल नतिजाविहीन भएको छ। विश्वकपमा भने यी दुई टिम बिच ६ पटक प्रतिष्पर्धा भएको छ जसमा दक्षिण अफ्रिकाले ४ र वेस्टइंन्डिजले २ खेलमा जित निकालेको छन्।

साउथहेम्टनमा बर्षाको संभाबना छ। तापक्रम १३ देखी १५ डिग्रि रहने आँकलन गरिएको छ । यो मैदानमा अहिलेसम्म ३०० बढी रनको स्कोर बनेको छैन्। पिचमा तिब्र बलरलाई फाइदा हुन सक्छ । त्यसैले यो मैदानमा २ सय ५० माथिको स्कोरलाई डिफेन्डेबल मान्न सकिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.