|

चर्चित क्रिकेटर युवराज सिंहले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका छन्। एकदिवसीय विश्वकप चलिरहँदा उनले सन्यासको घोषणा गरेका हुन्।

क्यान्सरले लामो समय राष्ट्रिय टिमबाट बाहिर बसेका उनी उपचारपश्चात् पुन राष्ट्रिय टिममा फर्किएका थिए। युवराजले आफ्नो खेलमा केही रेकर्ड पनि राखेका थिए। सन् २००७ मा टि२० वर्ल्डकपमा इङ्ग्ल्याडविरुद्ध एकै ओभरमा ६ छक्का हानेका थिए। उनले पहिलो शतक लाहोरमा सन् २००४ मा हानेका थिए।

संन्यास घोषणामा भावुक देखिएका युवराजले २०११ को विश्वकप जित्नु र त्यहाँ आफू म्यान अफ दि सिरिज चुनिनु आफ्ना  लागि सपनाजस्तै रहेको बताए। उनले आफ्नो क्रिकेट यात्रामा साथ दिने सबैलाई धन्यवाद दिए।

वनडे क्रिकेटमा सिंहले ३०४ वटा म्याचमा ३६.५६ ओसतमा १४ शतक र ५२ अर्धशतक प्रहार गरी ८७०१ रन बनाएका छन् भने १११ विकेट लिएका छन्। टि२० क्रिकेटमा उनले भारतका लागि ५८ म्याच खेलेका छन्। जसमा आठ अर्धशतकसहित ११७७ रन बनाएका थिए।

यसमा उनको औसत स्ट्राइक रेट १३६.३८ रहेको छ। युवराजले आफ्नो क्रिकेट जीवनमा ४० वटा टेस्ट क्रिकेट खेलेका छन्। यो दौडमा उनले १९०० रन बनाएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.