|

काठमाडौं : उपत्यकामा मालवाहक सवारीसाधनहरूलाई सञ्चालन तथा प्रवेशमा रोक लगाइएको सरकारी नियममा नेपाल चेम्बर अफ कमर्शले असहमति जनाएको छ।

चेम्बरले भौतिक पूर्वाधार तथा यातायातमन्त्रीलाई पत्र लेखेर नयाँ सरकारी नियमले उपभोग्य वस्तुको आपूर्ति प्रणालीमा असर पर्ने भन्दै यसलाई सच्याउन माग गरेको हो।

चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले पठाएको पत्रमा नयाँ व्यवस्थाले औद्योगिक उत्पादनलगायत खाद्यान्न र अन्य दैनिक उपभोग्य वस्तुहरु तथा निर्माण सामाग्रीको राजधानीभित्र हुने आपूर्ति व्यवस्थामा गम्भीर असर पुग्ने उल्लेख छ।

बेलुका ७ बजेपछि ढुवानी गर्न लोड–अनलोड गर्ने श्रमिकको अभाव, खुद्रा पसल बन्द भई सक्ने, सुरक्षाको प्रत्याभूति आदि कारणले व्यवधान गर्ने चेम्बरको दाबी छ।

यसअघि, यातायात व्यवस्था विभागले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज/सरल तुल्याउन भन्दै सार्वजनिक बिदाको दिनबाहेक बिहान ८ बजे देखि बेलुका ७ बजेसम्म आपतकालीन र अत्यावश्यक सेवामा प्रयोग भएको बाहेक अन्य मालवाहक सवारीसाधनहरुलाई सञ्चालन तथा प्रवेशमा रोक लगाएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.