|

सिन्धुली : निर्माणाधीन धरान–चतरा–सिन्धुली मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको मरिण गाउँपालिकामा आतवार साँझ भएको ट्याक्टर दुर्घटना परी २ जनाको ज्यान गएको छ भने एक जना बालक घाइते भएका छन्।

 मरिण गाउँपालिका २ स्थित सकौरीमा वान टेष्ट ट्याक्टर दुर्घटना हुँदा मरिण गाउँपालिका ४ मरुवाका २३ वर्षीय सुकमान जिम्बा र मरिण ३ चनौटेका का १४ वर्षीय सागर माझीको ज्यान गएकोे जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहका अनुसार घाइते हुनेमा मरिण ३ का अभिषेक माझी रहेका छन्। दुर्घटनाको प्रारम्भिक अनुसन्धान अनुसार तीब्र गतिले दुर्घटना भएको देखिएको प्रहरी उपरीक्षक सिंहले जानकारी दिए।

घटनापछि चालक तथा ट्याक्टरधनी मरिण गाउँपालिका ३ चनौटेका श्याम माझी फरार रहेको उपरीक्षक सिंहको भनाई छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.