१२ समितिले पाए पुर्जी वितरणकाे अनुमति

|

संखुवासभा : माथिल्लो हिमाली भेगमा पाइने बहुमूल्य जडिबुटी यार्सागुम्बा संकलन थालिएको छ। यार्सागुम्बा संकलन गर्न एकमहिना अनुमति दिएको मकालु बरुण राष्ट्रिय निकुञ्जका सूचना अधिकारी हिमाल पाठकले जानकारी दिए। 

यार्सा संकलनका लागि निकुञ्ज कार्यालयले मध्यवर्ती क्षेत्र भित्रका स्थानीयलाई ५००, मध्यवर्ती क्षेत्र बाहिरका तर जिल्ला भित्रका भए दुई हजार रुपैयाँ र जिल्ला बाहिरका लागि तीन हजार प्रवेश शुल्क राखेको जनाएको छ। यार्सागुम्बा संकलन गर्न मकालु बरुण राष्ट्रिय निकुञ्जले जेठ १५ गतेदेखि असार १३ गतेसम्म अनुमति दिएको निकुञ्ज कार्यालयले जनाएको छ। 

गत वर्षहरूको तुलनामा भन्दा यस यार्सागुम्बा संकलन गर्न संख्यामा कमी आएको निकुञ्जका सूचना अधिकारी पाठकले जानकारी दिए। उनका अनुसार यस वर्ष मध्यवर्ती क्षेत्र भित्रका १२० जनाले संकलन गर्न अनुमति लिएको बताए। मकालु वरुण राष्ट्रिय निकुञ्जले यार्सा संकलन गर्न १२ वटा समितिले पुर्जी दिएका थिए। 

मकालु बरुण राष्ट्रिय निकुञ्ज कार्यालयले सोलुखुम्बु जिल्लाका महाकुलुङ र छेस्काम मध्यवर्ती उपभोक्ता समिति, संखुवासभाको किमाथांका मध्यवर्ती उपभोक्ता समिति, चेपुवा मध्यवर्ती उपभोक्ता समिति,अरुण बरुण मध्यवर्ती उपभोक्ता समिति,मकालु मध्यवर्ती उपभोक्ता समिति,पाथिभरा  मध्यवर्ती उपभोक्ता समिति, सेदुवा मध्यवर्ती उपभोक्ता समिति,पुखुवा मध्यवर्ती उपभोक्ता समिति,सिलिचोङ मध्यवर्ती उपभोक्ता समिति,मांतेवा मध्यवर्ती उपभोक्ता समिति,ताम्कु मध्यवर्ती उपभोक्ता समिति,बाला मध्यवर्ती उपभोक्ता समिति र सिसुवा मध्यवर्ती उपभोक्ता समितिले पुर्जी दिने अनुमति पाएका थिए। 

त्यस समितिले सिफारिस गरे बापत ५०० शुल्क लिन पाउने अनुमति दिइएको निकुञ्ज कार्यालयले जनाएको छ। निकुञ्ज कार्यालयले प्रति किलो २५ हजारका दरले राजश्व लिने गरेको सूचना अधिकारी हिमाल पाठकले जानकारी दिए। संखुवासभामा कति यार्सागुम्बा संकलन हुन्छ भने यकिन तथ्यांक नभएको उनले बताए। 

गुणस्तरका आधारमा एक नम्बरको यार्सालाई केजीको ४० लाख सम्ममा बिक्री हुने गरेको भए पनि संखुवासभामा यार्सागुम्बा प्रति केजी साढे ५ लाखदेखि साढे ७ लाखसम्ममा किनबेच हुने गरेको व्यापारीले  बताए। यसरी संकलन गरिएको यार्सा चीनको तिब्बती तथा काठमाडौं र तिब्बततर्फ बढी निकासी हुने गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.