|

रौतहट : रौतहटको राजपुर नगरपालिकाका नगर प्रमुख कुटिएको घटना सेलाउन नपाउँदै त्यही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि स्थानीय महिलाले आक्रमण गरेका छन्। 

जनचेतना अभिवृद्धि कार्यक्रमका लागि बजेट नदिएको भन्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिग्देलमाथि महिलाहरुले आक्रमण गरेका थिए।  

महिलाको एक समूह कार्यालयमा पसेर उनीमाथि हातपात गरेका हुन्। घटनामा संलग्न रहेको आरोपमा दुईजनालाई जिल्ला प्रहरी कार्यालय रौतहट गौरले पक्राउ गरेको छ। गत जेठ २१ गते यही नगर प्रमुख शेख सकिलमाथि कुटपिट भएको थियो। 

कार्यालयमा काम गरिरहेको अवस्थामा महिलाहरुको समूह आई आफूमाथि हातपात गरेको प्रमुख प्रशासकिय अधिकृत सिग्देलले बताएका छन्। सामाजिक जनचेतना अभिवृद्धिका लागि रकम माग्न आएका महिलाहरुलाई यस वर्ष पहिले नै रकम खर्च भइसकेकाले आगामी वर्षको बजेटबाट भुक्तानी दिने सम्झाउँदा सम्झाउँदै आफूमाथि एक्कासी आक्रमण गरेको उनले बताए। 

जनचेतना अभिवृद्धि कार्यक्रमको लागि १२ लाख बजेट छुट्याइएको थियो। उक्त रकम आफू आउनु भन्दा अगाडि नै सकिएको उनले जानकारी दिए। 

कुटपिटापछि स्थानीय अम्बिया खातुन र सोनापति साहलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्षक तथा प्रबक्ता नबिन कार्कीले बताए। पक्राउ परेकालाई सार्वजनिक शान्तिविरुद्धको अपाराधमा मुद्दा चलाइने प्रवक्ता कार्कीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.