|

युरोप भ्रमणका क्रममा स्विट्जरल्याण्डको जेनेभामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले साेमबार त्यहाँस्थित राष्ट्रसङ्घीय भवनमा टर्कीका उपराष्ट्रपति फुआत ओक्तेसँग द्विपक्षीय भेटवार्ता गरेका छन्।

उनीहरूबीच दुई देशबीचको आपसी सम्बन्ध र हितका बारेमा छलफल भयो। भेटका अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार डा राजन भटृराई तथा परराष्ट्र सचिव शंकरदास वैरागीको उपस्थिति थियो।

प्रधानमन्त्री ओलीको स्वीस महासंघका काउन्सिलरसमेत रहेका स्वीट्जरल्याण्डका वर्तमान गृहमन्त्री आलेँ बेरसे र नर्वेका प्रधानमन्त्री एर्ना सोल्वर्गसँग आजै भेटवार्ता हुने कार्यक्रम रहेको बुझिएको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.