|

अहिले धेरैलाई विश्वकपको बारेमा सोध्यो भने इंग्ल्यान्डमा जारी एकदिवसीय विश्वकपलाई मात्र सम्झन्छन्। तर, गत ७ जुनबाट फ्रान्समा महिला विश्वकप सुरु भएको छ। विश्वभर महिला विश्वकपको कभरेज भने अत्यन्तै कमजोर रहेको छ।

७ जुलाईसम्म चल्ने प्रतियोगितामा २४ देशका ५५२ खेलाडी प्रतिष्पर्धामा रहेका छन्। फाइनल ओलम्पिक स्टेडियममा ७ जुलाईमा हुने छ। महिला विश्वकपको कुल पुरस्कार राशि ३ करोड डलर रहेको छ। यो २०१८ मा भएको पुरुष विश्वकपको तुलनामा ७.५ प्रतिशत मात्रै हो। पुरुष विश्वकपमा पुरस्कार राशि ४० करोड डलर रहेको थियो।

२०१८ मा बढाइयो पुरस्कार राशी

यसअघि महिला विश्वकपको पुरस्कार राशि १५ मिलियन डलरमात्र रहेको थियो । जसलाई अक्टोबर २०१८ मा बढाइयो। फिफा अध्यक्ष जियोनी इन्फान्टिनोले महिला फुटबलको बढवा दिने उद्देश्य भन्दै प्रतियोगिताको राशिमा वृद्धि गरेका थिए।

विजेतालाई ४० लाख डलर

जसले महिला विश्वकपको उपाधि जित्छन् उसले ४० लाख डलर करिब ४५ करोड नेपाली रुपैयाँ बराबर प्राप्त गर्ने छन्। २०१८ मा भएको पुरुष विश्वकपमा पुरस्कार विजेताले ३८ मिलियन डलर अर्थात् झन्डै ४ सय २२ करोड रुपैयाँ प्राप्त गरेको थियो।

कतिपयले पुरस्कार राशिमा भएको ठूलो अन्तरलाई महिला विभेदका रुपमा समेत चित्रित गरेका छन्। तुलनात्मक रुपमा पहिलाभन्दा पुरस्कार राशिमा वृद्धि भए पनि पुरस्कार राशिमा देखिएको यो अन्तर धेरै हो।

सर्वाधिक च्याम्पियन अमेरिका

२००७ मा महिला विश्वकप चीनमा भएको थियो। उक्त प्रतियोगितको विश्व विजेता जर्मनीले १ मिलियन डलर करिब १२ करोड रुपैयाँ पुरस्कार हात पारेको थियो।
पहिलो पटक १९९१ मा चीनले महिला विश्वकपको आयोजना गरेको थियो। उक्त समयमा अमेरिका च्याम्पियन बनेको थियो। फिफा महिला विश्वकपमा सर्वाधिक बढी तीन पटक अमेरिकाले उपाधि जितेको छ। त्यसपछि जर्मनलीले २ पटक उपाधि आफ्नो नाममा पार्न सफल भएको छ। जापान र नर्वे समान १ पटक च्याम्पियन बनेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.