|

  • अनिल खत्री

गुल्मी : सरकारले संविधान संसोधनमा पाँच नम्बर प्रदेश पहाडी जिल्ला टुक्राएर दर्ता गरेको संशोधन विधेयकको विरोधमा गुल्मीमा चलिरहेको आन्दोलनको स्वरुप परिर्वतन गरिएको छ। संयुक्त संघर्ष समिति गुल्मीको आयोजनामा लगातार २० औं दिनसम्म भएको अनिश्चितकालीन बन्दको स्वरूप परिवर्तन गरेर आन्दोलनका नयाँ कार्यक्रमको सार्वजनिक गरेको छ। 

समितिले सोमबार र मंगलबार बिहान ११ बजेसम्म जिल्ला प्रशासन कार्यालयमा धर्ना र बन्द गर्ने निर्णय गरेको छ। धर्नाका कारण सोमबार पनि १ घण्टा सरकारी कामकाज ठप्प हुनुका साथै प्रमुख जिल्ला अधिकारीसहित अधिकांश कार्यालयका प्रमुखहरु कार्यालय प्रवेशमा रोकिएका थिए। 

सोमबार बिहान ११ बजेबाट सम्पुर्ण क्षेत्र सहजरुपमा सञ्चालन आएका छन्। धेरै लामो बन्दले जिल्लाको जनजीवन अत्यन्तै कष्टकर भएकाले दुई दिनको लागि बन्द खुकुलो बनाइएको संयुक्त संघर्ष समितिका संयोजक भुवन प्रसाद श्रेष्ठले बताए। दुई दिन मात्र बन्द केही खुकुलो भएपनि सधैँको लागि फिर्ता र आन्दोलन नै स्थगीत भने नभएको श्रेष्ठले बताए। 

श्रेष्ठले ४ गतेको संसद बैठक, ५ गतेको सर्वोच्चको आदेश र परिस्थिति अनुसार आन्दोलनका नयाँ कार्यक्रमहरु अगाडी बढाउने निर्णय भएको बताए। 

सोमबारबाट अन्दोलन खुकुलो भएपछी गुल्मीबाट छुटने छोटो तथा लामो दुरीका सवारी सधानहरु सञ्चालनमा आएका छन् भने बजार शिक्षण, संस्था, कलकारखाना, उद्योग धन्दा सबै खुलेका छन्। मंसिर १४ गतेबाट जारी जिल्ला बन्दले दैनिक जनजीवन निकै कष्टपुर्ण बन्दै गइरहेको थियो। बन्द खुलेसँगै लामो समयसम्म गन्तव्यमा जान नसकेकाहरु फर्किएका छन् भने गुल्मीको जनजीवन सामान्य बन्दै गएको छ। गुल्मीमा ११ दलको ऐक्यबद्धतामा लगातार २० दिन बन्द हुँदै आएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.