|

बैतडी : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा )बैतडीका जिल्ला कमिटी सदस्यको मंगलबार सपथग्रहण कार्यक्रम सम्पन्न भएको छ। पार्टीका सुदूरपश्चिम प्रदेश कमिटी इन्चार्ज भीम रावलले १ सय ३५ जना जिल्ला कमिटी सदस्यलाई सपथग्रहण गराएका हुन्।

पूर्वनेकपा एमालेबाट ७१ तथा पूर्वनेकपा माओवादी केन्द्रबाट ६४ जना जिल्ला कमिटी सदस्यमा अटाएका छन्। उनीहरूले पद तथा गोपनीयताको सपथग्रहण गर्दै आगामी दिनमा पार्टीका नियमित क्रियाकपालमा कटिबद्ध भएर लाग्ने बताए।

आगामी दिनमा सरकारको नीति तथा कार्यक्रमको प्रचारप्रसार गर्नुका साथै कमी–कमजोरीप्रति ध्यान आर्कषण गराउने मुख्य जिम्मेवारी आफूको रहने जिल्ला कमिटी सदस्य सरस्वती नेपालीले बताइन्। जिल्ला सदस्यको सपथसँगै नेपाल कम्युनिष्ट पार्टी जिल्ला कमिटी बैतडीले पूर्णता पाएको छ।

यसअघि जिल्ला अध्यक्षमा पूर्वएमालेवाट सुरेन्द्र पाल र सचिवमा पूर्वमाओवादी केन्द्रवाट प्रेमप्रकाश भट्टले जिम्मेवारी पाएका थिए। 

यस्तै, बैतडीमा ६ स्थानीय तहमा तत्कालीन नेकपा (एमाले) ले नेतृत्व पाएको छ भने ४ स्थानीय तहमा तत्कालीन नेकपा (माओवादी केन्द्र) ले नेतृत्व पाएको छ।

गत वर्ष जेठ ३ गते तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता घोषणा भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.