तीन खेल बराबरी

|

फ्रान्समा जारी महिला विश्वकपको समूह ‘ई’ को दोश्रो खेलमा न्युजिल्यान्डले नेदरल्यान्डको सामना गर्दैछ। विश्वकपमा पाँचौ पटक सहभागीता जनाएको न्युजिल्यान्डले हालसम्म कुनै पनि खेल जित्न सकेको छैन।

सन् १९९१ को पहिलो संस्करणमा सहभागी टोलीले १६ वर्षपछिको संस्करण (२००७) यता सबै प्रतियोगितामा ओसेनियाको प्रतिनिधिको रूपमा खेल्दै आएको छ। ४ संस्करणको १२ खेलमध्ये हालसम्म न्युजिल्यान्डले ३ खेल बराबरीमा सकेको छ।

सन् १९९१ र २००७ को सबै खेल हारेको टोलीले २०११ मा मेक्सिकोसंग २–२ गोलको बराबरी खेलेको थियो। त्यसैगरी, २०१५ मा क्यानडासँग गोलरहित बराबरी र चीनसंग २–२ गोलको बराबरी खेलेको थियो।

सोही संस्करणमा उसलाई नेदरल्यान्डले १–० ले हराउँदै नकाउट चरण पुग्ने बाटो खोलेको थियो। नेदरल्यान्डविरुद्धको दोश्रो भेटमा जित निकाल्दै सुखद् सुरुवात गर्ने न्युजिल्यान्डको लक्ष्य रहेको छ।

यता, नेदरल्यान्ड युरो छनोटमा स्विजरल्यान्डलाई प्लेअफमा ४–१ गोल अन्तरले पछि पार्दै दोश्रो पटक विश्वकपमा स्थान बनाउन सफल भएको हो। यसअघि गत संस्करणमा क्यानडाविरुद्ध बराबरी र चीनसँगको पराजय बावजुद पनि चार उत्कृष्ट तेश्रो टोलीभित्र पर्दै नकाउट चरणमा प्रवेश गरेको थियो। जापानसँग पराजित भएपछि नेदरल्यान्ड अन्तिम १६ बाट बाहिरिएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.